इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता 

राजविराज राजविराज
|
बिहिबार, माघ २४, २०८१
|
|
९६ पटक हेरिएको
Shares
इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता 

सारांश

  •     सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विहीवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
  •       यातायात व्यवस्था कार्यालय सप्तरीका प्रमुख कामेश्वर रोहिताले बैठकमा राजविराज नगरक्षेत्रमा चल्ने इ–रिक्साहरु मध्ये कसैले पनि रुट परमिट नलिएको र सय भन्दा बढी इ–रिक्सा संचालनमा रहेको जानकारी दिए ।
  •       उक्त इ–रिक्साहरु मध्ये १८ तथा अटोरिकसा १३ वटाले मात्र दर्ता गराएको उनले जानकारी गराए ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ ।

    राजविराज नगरक्षेत्रमा संचालनमा रहेका इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाले मात्र सम्बन्धित कार्यालयमा विधीवत दर्ता गराएको पाईएको छ । 
    सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विहीवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । 
    यातायात व्यवस्था कार्यालय सप्तरीका प्रमुख कामेश्वर रोहिताले बैठकमा राजविराज नगरक्षेत्रमा चल्ने इ–रिक्साहरु मध्ये कसैले पनि रुट परमिट नलिएको र सय भन्दा बढी इ–रिक्सा संचालनमा रहेको जानकारी दिए । 
    उक्त इ–रिक्साहरु मध्ये १८ तथा अटोरिकसा १३ वटाले मात्र दर्ता गराएको उनले जानकारी गराए । यस्तै ७९ वटा अटोरिक्साले रुट परमिट लिए पनि त्यसको दोब्बर संख्यमा अटोरिक्सा संचालनमा रहेको उनले जानकारी गराए । 
    यसरी जथाभावी ढंगले इ–रिक्सा र अटोरिक्सा संचालन हुदा ट्राफिक व्यवस्थापन अस्तब्यस्त बन्नुका साथै दुर्घट्नाको जोखिम समेत बढाएको उनको कथन छ । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, प्रमुख प्रशाकिय अधिकृत डा.श्रवण साह, ट्राफिक प्रहरी प्रमुख, इ–रिक्सा र अटो रिक्साका सवारी धनी, मजदुर प्रतिनिधी सम्मिलत बैठकले नगरपालिका भित्र संचालनमा रहेका सबै इ–रिक्सा र अटो रिक्साले फागुन २० गते भित्र अनिवार्यरुपमा सम्बन्धित कार्यालयमा आ–आप्mनो सवारी दर्ता, रुट परमिट, नविकरण र विमा लगायतका प्रक्रिया पुरा नगरे त्यस्ता सवारी साधनलाई संचालनमा पुर्ण रोक लगाउने निर्णय गरेको छ । 
    सोही बैठकमा कार्यवाहक नगरप्रमुख परवीनले ट्राफिक व्यवस्थापनका लागी आवश्यक समाग्रीहरु जिल्ला ट्राफिक कार्यालय शम्भुनाथका प्रतिनीधीलाई सहयोग स्वरुप प्रदान गरेकी थिइन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
एक सातादेखी वेपत्ता महिला फेला परे
एक सातादेखी वेपत्ता महिला फेला परे
मधेश प्रदेशका जसपा नेता यादव मुख्यमन्त्री नियुक्त 
मधेश प्रदेशका जसपा नेता यादव मुख्यमन्त्री नियुक्त 
पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक
पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
भगाएर गर्भवती बनाई छाडेपछि  नाबालिका बिच्चलीमा 
भगाएर गर्भवती बनाई छाडेपछि  नाबालिका बिच्चलीमा 
एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या 
एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या 
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी