इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता 

राजविराज राजविराज
|
बिहिबार, माघ २४, २०८१
|
|
५२ पटक हेरिएको
Shares
इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता 

सारांश

  •     सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विहीवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
  •       यातायात व्यवस्था कार्यालय सप्तरीका प्रमुख कामेश्वर रोहिताले बैठकमा राजविराज नगरक्षेत्रमा चल्ने इ–रिक्साहरु मध्ये कसैले पनि रुट परमिट नलिएको र सय भन्दा बढी इ–रिक्सा संचालनमा रहेको जानकारी दिए ।
  •       उक्त इ–रिक्साहरु मध्ये १८ तथा अटोरिकसा १३ वटाले मात्र दर्ता गराएको उनले जानकारी गराए ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ ।

    राजविराज नगरक्षेत्रमा संचालनमा रहेका इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाले मात्र सम्बन्धित कार्यालयमा विधीवत दर्ता गराएको पाईएको छ । 
    सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विहीवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । 
    यातायात व्यवस्था कार्यालय सप्तरीका प्रमुख कामेश्वर रोहिताले बैठकमा राजविराज नगरक्षेत्रमा चल्ने इ–रिक्साहरु मध्ये कसैले पनि रुट परमिट नलिएको र सय भन्दा बढी इ–रिक्सा संचालनमा रहेको जानकारी दिए । 
    उक्त इ–रिक्साहरु मध्ये १८ तथा अटोरिकसा १३ वटाले मात्र दर्ता गराएको उनले जानकारी गराए । यस्तै ७९ वटा अटोरिक्साले रुट परमिट लिए पनि त्यसको दोब्बर संख्यमा अटोरिक्सा संचालनमा रहेको उनले जानकारी गराए । 
    यसरी जथाभावी ढंगले इ–रिक्सा र अटोरिक्सा संचालन हुदा ट्राफिक व्यवस्थापन अस्तब्यस्त बन्नुका साथै दुर्घट्नाको जोखिम समेत बढाएको उनको कथन छ । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, प्रमुख प्रशाकिय अधिकृत डा.श्रवण साह, ट्राफिक प्रहरी प्रमुख, इ–रिक्सा र अटो रिक्साका सवारी धनी, मजदुर प्रतिनिधी सम्मिलत बैठकले नगरपालिका भित्र संचालनमा रहेका सबै इ–रिक्सा र अटो रिक्साले फागुन २० गते भित्र अनिवार्यरुपमा सम्बन्धित कार्यालयमा आ–आप्mनो सवारी दर्ता, रुट परमिट, नविकरण र विमा लगायतका प्रक्रिया पुरा नगरे त्यस्ता सवारी साधनलाई संचालनमा पुर्ण रोक लगाउने निर्णय गरेको छ । 
    सोही बैठकमा कार्यवाहक नगरप्रमुख परवीनले ट्राफिक व्यवस्थापनका लागी आवश्यक समाग्रीहरु जिल्ला ट्राफिक कार्यालय शम्भुनाथका प्रतिनीधीलाई सहयोग स्वरुप प्रदान गरेकी थिइन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?