सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै

राजविराज राजविराज
|
मंगलबार, आश्विन २२, २०८१
|
|
६५ पटक हेरिएको
Shares
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै

सारांश

  •     सप्तरीको सप्तकोशि नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका तथा तिलाठि कोईलाडि गाँउपालिकामा परियोजना अन्र्तगत चार वटा क्षेत्रहरु बाल संरक्षण, बानि व्यवहार परिवर्तन, सामाजिक सुरक्षा तथा खानेपानी सरसफाइ तथा स्वच्छता (वास) अन्र्तगत विभिन्न कार्यक्रमहरु तथा सहयोग गरिएको सबल नेपालका विपद फोकल पर्सन परमेश्वर झाले जानकारी दिएका छन् ।
  •  वास अन्र्तगत चार वटै पालिकाको १ हजार ८ सय प्रभावित घर परिवारलाई हाईजिन किट, १० लिटरको बाल्टिन, मग, पानी शुद्धिकरण गर्नका लागि अक्वाटयाव तथा झुल वितरण गरिएको छ ।
  • योसँगै बाढी प्रभावित क्षेत्रहरुमा स्वयंसेवकहरु परिचालन गरी स्वच्छता पर्वद्धन गरिएको छ जस अन्र्तगत स्वयंसेवकहरुले विपदको समयमा पानी शुद्धिकरण गर्ने तरिका, साबुन पानिले हातधुने, चर्पीको प्रयोग, व्यक्तिगत सरसफाइलगायतका विषयमा अन्र्तक्रिया, घरदैलौ लगायतका जनचेतनामुलक क्रियाकलापहरु समेत संचालन गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 

    पछिल्लो साता परेको अविरल वर्षाका कारण आएको बाढी प्रभावित क्षेत्रहरुमा युनिसेफ नेपालको सहयोगमा सबल नेपालद्धारा संचालित बाढी पुर्वानुमान तथा बाढी प्रतिकार्य कार्यक्रम अन्र्तगत बाढी प्रभावित समुदायका लागि विभिन्न प्रकारको सहयोगहरु गरिएको छ । 
    सप्तरीको सप्तकोशि नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका तथा तिलाठि कोईलाडि गाँउपालिकामा परियोजना अन्र्तगत चार वटा क्षेत्रहरु बाल संरक्षण, बानि व्यवहार परिवर्तन, सामाजिक सुरक्षा तथा खानेपानी सरसफाइ तथा स्वच्छता (वास) अन्र्तगत विभिन्न कार्यक्रमहरु तथा सहयोग गरिएको सबल नेपालका विपद फोकल पर्सन परमेश्वर झाले जानकारी दिएका छन् ।  वास अन्र्तगत चार वटै पालिकाको १ हजार ८ सय प्रभावित घर परिवारलाई हाईजिन किट, १० लिटरको बाल्टिन, मग, पानी शुद्धिकरण गर्नका लागि अक्वाटयाव तथा झुल वितरण गरिएको छ । योसँगै बाढी प्रभावित क्षेत्रहरुमा स्वयंसेवकहरु परिचालन गरी स्वच्छता पर्वद्धन गरिएको छ जस अन्र्तगत स्वयंसेवकहरुले विपदको समयमा पानी शुद्धिकरण गर्ने तरिका, साबुन पानिले हातधुने, चर्पीको प्रयोग, व्यक्तिगत सरसफाइलगायतका विषयमा अन्र्तक्रिया, घरदैलौ लगायतका जनचेतनामुलक क्रियाकलापहरु समेत संचालन गरिएको छ । 
    बाल संरक्षण अन्र्तगत चार वटै पालिकाको प्रभावित क्षेत्रहरुमा मनोपरामश कार्यक्रम संचालन भइरहेको छ । यसका लागि स्थानीय स्तरमा मनोसामाजिक कार्यकर्ता तथा मनोसामाजिक परामर्शदातालाई परिचालन गरी बालबालिका तथा महिलाहरुलाई आवश्यक मनोसामाजिक सहयोग पु¥याईरहेको सबल नेपालले जनाएको छ । 
    बाढी प्रभावित क्षेत्रमा विपदका कारण बालबालिकामा डर उत्पन्न हुन नदिन उनीहरुलाई आप्mना भावनाहरु व्यक्त गर्न र सामना गर्न मद्दत पुर्याउनु तथा उनीहरुलाई पुन सामान्य जीवन शैलीमा फर्कन मद्दत गर्नु यसको मुख्य उद्देश्य रहेको सबल नेपालका निर्देशक दिपक झाले बताए । 
    सामाजिक व्यवहार परिवर्तन अन्र्तगत चार वटै प्रभावित पालिकाहरुमा विभिन्न माध्यमबाट जीवन रक्षाका सन्देशहरु प्रवाह गरिनुका साथै स्थानीय एफएमहरुबाट नेपाली तथा मैथिली भाषामा शौचालयको प्रयोग, साबुन पानीले हातधुने, सुरक्षित पानीको प्रयोग, संक्रामक रोगहरुबाट बच्ने, विपदको समयमा बाल संरक्षण तथा सर्प, किरा आदि विषालु जिवजन्तुबाट बच्ने उपायबारे नियमित प्रसारण भईरहेको उनको भनाई छ । 
    यस्तै स्थानीय स्तरमा रिक्सामार्फत जिवन रक्षाको सन्देशहरु विभिन्न सामुदायहरुमा प्रवाह, स्वयंसेवकहरुको परिचालन गरी घरदैलौ लगायतका क्रियाकलापहरु संचालन, विपदको समयमा थप जोखिम हुन नदिनु तथा स्थानीयहरुलाई सचेत गराई उनीहरुको बानी व्यवहारमा परिवर्तन गराउनु यसको मुख्य उद्देश्य रहेको छ । 
    सामाजिक सुरक्षा अन्र्तगत कंचनरुप नगरपालिका तथा तिलाठि कोईलाडि गाँउपालिकाका प्रभावितहरु मध्ये अतिविपन्न, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लगायतकालाई पालिकामार्फत नगद सहयोग गर्ने मुख्य उद्देश्य रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्ल्याहा शिशु हुर्काउन समस्यामा परेका खंग दम्पत्तिलाई क्रिएशनको सहयोग
जुम्ल्याहा शिशु हुर्काउन समस्यामा परेका खंग दम्पत्तिलाई क्रिएशनको सहयोग
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
सप्तरी क्षेत्र नं. ४ मा द्विपक्षीय भिडन्तको आंकलन 
सप्तरी क्षेत्र नं. ४ मा द्विपक्षीय भिडन्तको आंकलन 
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा,  सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
धान खेतमै गएर मत माग्दै उम्मेदवार 
धान खेतमै गएर मत माग्दै उम्मेदवार 
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो