दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
नेपाली काँग्रेस सप्तरीले आईतवार एक कार्यक्रमबीच प्रदेश २ र केन्द्रको अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य पदमा निर्वाचित दिनेश यादव, रमेश रिजाल र प्रदेश २ अधिवेशनबाट निर्वाचित प्रदेश सभापती कृष्णा यादव, महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, सहमहामन्त्री परशुराम चौधरी र विन्दु यादवलाई अभिनन्दन गरिएको हो ।
प्रदेश २ का सभापती कृष्णा यादवले आफु सबैको सभापती बनेर काम गर्न चाहेको र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । पार्टीलाई एकताबद्ध बनाउन र अगामी निर्वाचनमा प्रदेश २ मा काँग्रेसलाई सम्मानजनक अवस्थामा पु¥याउन आफुलागी परेको बताउँदै उनले यस कार्यमा सबैले निवास्र्थ भई सघाउन आग्रह पनि गरे ।
आयोजित कार्यक्रममा सहभागि नेता÷कार्यकर्ताहरुले पार्टीको आन्तरिक विवाद समाधान गरी सन्तुलन बनाएर अघि बढे काँग्रेसले आगामी निर्वाचनमा उत्साहजनक सफलता प्राप्त गर्ने सुझाव दिएका छन् ।
कार्यक्रमका सहभागि सबै नेता कार्यकर्ताले गुट उपगुटका कारण विगतको निर्वाचनमा पार्टीले पराजयको पीडा सहनु परेको बताउँदै अगामी दिनमा गुट उपगुटको राजनीती अन्त्य हुनुपर्ने बताए । आन्तरिक विवाद समाधान गरी सन्तुलन बनाएर अघि बढ्नु पर्नेमा उनीहरुको जोड थियो ।
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई सम्मान एवं अभिनन्दन
सारांश
- पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य पदमा निर्वाचित दिनेश यादव, रमेश रिजाल र प्रदेश २ अधिवेशनबाट निर्वाचित प्रदेश सभापती कृष्णा यादव, महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, सहमहामन्त्री परशुराम चौधरी र विन्दु यादवलाई अभिनन्दन गरिएको हो ।
- प्रदेश २ का सभापती कृष्णा यादवले आफु सबैको सभापती बनेर काम गर्न चाहेको र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
- पार्टीलाई एकताबद्ध बनाउन र अगामी निर्वाचनमा प्रदेश २ मा काँग्रेसलाई सम्मानजनक अवस्थामा पु¥याउन आफुलागी परेको बताउँदै उनले यस कार्यमा सबैले निवास्र्थ भई सघाउन आग्रह पनि गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया