दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
कोरोना भाईरसको त्रास तथा स्थानिय प्रशासनले समेत भिडभाड गरि होली नखेल्न गरेको आग्रहका कारण सप्तरीमा अधिकांशले आप्mनै घर परिवारमै रंग अबिर दलेर होली पर्व मनाएका छन् । यसअघि विगतमा साथी भाई र आफन्तजनको घर–घर पुगेर मनाउने गरिएको रंग र उमंगको पर्व होली यस पटक सप्तरीमा आप्mनै घरमा सिमित भएर होली पर्व मनाईएको हो ।
मिथिला पञ्चाङग अनुसार तराई मधेशमा यस पल्ट होली मंगलबार परेको थियो । होली मंगलबार परेका कारणले पनि होलीको उत्साहमा कमी आएको छ । होलीमा माछा, मासु मुख्य परिकारको रुपमा रहने गरेपनि मंगलबारका दिन माछा मासु नखाने परम्पराका कारण पनि होलीको रौनक्ता बढन नसकेको स्थानियबासीहरुको भनाई छ ।
संघिय राजधानी सहित पहाडी जिल्लामा सोमबारै होलीपर्व मनाईएको छ भने प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा भने यस पटह होली बुधबार मनाइएको छ । यस पर्वको अवसरमा प्रदेश २ सरकारले मंगलबार र बुधबार दुई दिन सार्वजनिक विदा दिएको थियो ।
तर, विश्वभर फैलिएको कोरोना भाईरसको त्रास र मंगलबार माछा मासु नखाने मिथिलाबासीको परम्पराले यस पल्टको होली उत्साहजनक हुन सकेन् ।
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
सारांश
- मिथिला पञ्चाङग अनुसार तराई मधेशमा यस पल्ट होली मंगलबार परेको थियो ।
- होली मंगलबार परेका कारणले पनि होलीको उत्साहमा कमी आएको छ ।
- होलीमा माछा, मासु मुख्य परिकारको रुपमा रहने गरेपनि मंगलबारका दिन माछा मासु नखाने परम्पराका कारण पनि होलीको रौनक्ता बढन नसकेको स्थानियबासीहरुको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया