कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास

राजविराज राजविराज
|
बुधबार, श्रावण ९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास

सारांश

  •     कान उपचार सेवा केन्द्रको संचालनमा सहयोग गर्दै आएको इम्प्याक्ट नेपालका कार्यक्रम व्यवस्थापक पुष्पा भण्डारीले अबको ९ महिना भित्र केन्द्रले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने भएको बताइन् ।
  • उनले नयाँ भवनबाट थप विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने र यसबाट यस भेगका कानका विरामी लाभाविन्त हुने विश्वास समेत व्यक्त गरिन ।
  •       समाजसेवी भगतले निःशुल्क जग्गा उपलब्ध गराएपछि बुधवार भवन निर्माणको शिलान्यास कार्य पनि सम्पन्न भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ साउन ।

    समाजसेवी जोगेन्द्र भगतले २ करोड २५ लाख मुल्य बराबरको १ कठ्ठा डेढ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछि कान उपचार सेवा केन्द्रले आफ्नै भवनबाट उपचार सेवा उपलब्ध गराउने भएको छ । 
    कान उपचार सेवा केन्द्रको संचालनमा सहयोग गर्दै आएको इम्प्याक्ट नेपालका कार्यक्रम व्यवस्थापक पुष्पा भण्डारीले अबको ९ महिना भित्र केन्द्रले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने भएको बताइन् । उनले नयाँ भवनबाट थप विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने र यसबाट यस भेगका कानका विरामी लाभाविन्त हुने विश्वास समेत व्यक्त गरिन । 
    समाजसेवी भगतले निःशुल्क जग्गा उपलब्ध गराएपछि बुधवार भवन निर्माणको शिलान्यास कार्य पनि सम्पन्न भएको छ । उनका धर्मपत्नी ठाको देवीसहित पुगेका भगतले केन्द्रको नयाँ भवन निर्माण कार्यको शिलान्यास स्वयंले गरेका छन् । 
    विगत १४ वष देखि इम्प्याक्ट नेपाल नामक गैरसरकारी संस्थाले संचालन गर्दै आएको सो कान उपचार केन्द्रको नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछी जग्गादाता भगत दम्पतीको समेत नाम जोडी ठाको देवी–जोगेन्द्र भगत कान  उपचार केन्द्र नामाकरण गर्ने समेत तयारी भएको केन्द्रको राजविराजका कानरोग सहायक प्राविधिक नरेश कुमार यादवले जानकारी दिए । 
    उक्त नयाँ भवन निर्माणका लागी इम्प्याक्ट नेपालले २ करोड ५१ लाख रुपैया लगानी गरेको इम्प्याक्ट नेपालका कार्यकारी निर्देशक रमाकान्त पौडेलले बताए । ९ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी उक्त भवन निर्माण कार्यको ठेक्का काठमाण्डौंस्थित भगवती ग्रुप अफ कन्स्ट्रक्शन प्रा.लि.लाई दिइएको र तोकिएको समय भित्र अढाई तल्ले भवनको नयाँ संरचना तयार भई सेवा प्रारम्भ हुने उनको कथन छ । 
    उनले इम्प्याक्ट नेपाल कै सहयोगमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ मा बर्थिङ सेन्टर निर्माण कार्य पनि थालिएको र २०८१ मंसिर १५ गते भित्र सो पालिकालाई उक्त भवन हस्तान्तरण गर्ने लक्ष्य रहेको जानकारी समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
आइफोन र मोबाइलसहित युवक पक्राउ  
आइफोन र मोबाइलसहित युवक पक्राउ  
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल
सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे
लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते