कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास

राजविराज राजविराज
|
बुधबार, श्रावण ९, २०८१
|
|
७५ पटक हेरिएको
Shares
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास

सारांश

  •     कान उपचार सेवा केन्द्रको संचालनमा सहयोग गर्दै आएको इम्प्याक्ट नेपालका कार्यक्रम व्यवस्थापक पुष्पा भण्डारीले अबको ९ महिना भित्र केन्द्रले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने भएको बताइन् ।
  • उनले नयाँ भवनबाट थप विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने र यसबाट यस भेगका कानका विरामी लाभाविन्त हुने विश्वास समेत व्यक्त गरिन ।
  •       समाजसेवी भगतले निःशुल्क जग्गा उपलब्ध गराएपछि बुधवार भवन निर्माणको शिलान्यास कार्य पनि सम्पन्न भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ साउन ।

    समाजसेवी जोगेन्द्र भगतले २ करोड २५ लाख मुल्य बराबरको १ कठ्ठा डेढ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछि कान उपचार सेवा केन्द्रले आफ्नै भवनबाट उपचार सेवा उपलब्ध गराउने भएको छ । 
    कान उपचार सेवा केन्द्रको संचालनमा सहयोग गर्दै आएको इम्प्याक्ट नेपालका कार्यक्रम व्यवस्थापक पुष्पा भण्डारीले अबको ९ महिना भित्र केन्द्रले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने भएको बताइन् । उनले नयाँ भवनबाट थप विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने र यसबाट यस भेगका कानका विरामी लाभाविन्त हुने विश्वास समेत व्यक्त गरिन । 
    समाजसेवी भगतले निःशुल्क जग्गा उपलब्ध गराएपछि बुधवार भवन निर्माणको शिलान्यास कार्य पनि सम्पन्न भएको छ । उनका धर्मपत्नी ठाको देवीसहित पुगेका भगतले केन्द्रको नयाँ भवन निर्माण कार्यको शिलान्यास स्वयंले गरेका छन् । 
    विगत १४ वष देखि इम्प्याक्ट नेपाल नामक गैरसरकारी संस्थाले संचालन गर्दै आएको सो कान उपचार केन्द्रको नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछी जग्गादाता भगत दम्पतीको समेत नाम जोडी ठाको देवी–जोगेन्द्र भगत कान  उपचार केन्द्र नामाकरण गर्ने समेत तयारी भएको केन्द्रको राजविराजका कानरोग सहायक प्राविधिक नरेश कुमार यादवले जानकारी दिए । 
    उक्त नयाँ भवन निर्माणका लागी इम्प्याक्ट नेपालले २ करोड ५१ लाख रुपैया लगानी गरेको इम्प्याक्ट नेपालका कार्यकारी निर्देशक रमाकान्त पौडेलले बताए । ९ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी उक्त भवन निर्माण कार्यको ठेक्का काठमाण्डौंस्थित भगवती ग्रुप अफ कन्स्ट्रक्शन प्रा.लि.लाई दिइएको र तोकिएको समय भित्र अढाई तल्ले भवनको नयाँ संरचना तयार भई सेवा प्रारम्भ हुने उनको कथन छ । 
    उनले इम्प्याक्ट नेपाल कै सहयोगमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ मा बर्थिङ सेन्टर निर्माण कार्य पनि थालिएको र २०८१ मंसिर १५ गते भित्र सो पालिकालाई उक्त भवन हस्तान्तरण गर्ने लक्ष्य रहेको जानकारी समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा,  सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
गृह मन्त्रालयको पत्राचार सदर,  सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
गृह मन्त्रालयको पत्राचार सदर, सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग 
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग 
आधारभूत पत्रकारिता तालिम सम्पन्न
आधारभूत पत्रकारिता तालिम सम्पन्न
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 

छुटाउनुभयो कि ?