दैनिक समाचारदाता
राजविराज, ३० असार ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले जग्गा सम्बन्धी कागजातमा अनुकुल हुने गरि व्यहोरा सच्याईदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय राजविराजका नायब सुब्बालाई पक्राउ गरेको छ ।
जग्गा विवाद सम्बन्धी कागजात मिलाउन पुगेका एक सेवाग्राहीसँग १३ हजार रुँपैया घुस लिएको आरोपमा राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालय मुद्दा फाँटका प्रशासन प्रमुख समेत रहेका नासु कृष्णबल्लभ ठाकुरलाई अख्यितारको टोली मंगलबार पक्राउ गरेको हो ।
सेवाग्राहीसँग रकम माँग भएपछि अख्तियारलाई सूचना आएको आधारमा उनलाई पक्राउ गरेको अख्तियारका एक पदाधिकारीले जानकारी दिए । उनलाई आवश्यक प्रक्रिया पश्चात् अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी पु¥याएको आयोगले जनाएको छ ।
यता पक्राउ परेका ठाकुरले घुस नलिएको दाबी गर्दै सुनियोजित ढंगले आफूलाई एक सेवाग्राहीले झ्यालमा पैसा राखे लगत्तै अख्तियारको टोलीले आएर घुस लिएको भन्दै नियन्त्रणमा लिएको बताएका छन् ।
यस्तै समातिएका ठाकुरका बृद्ध पिता मिश्रिलाल र आमा नथुनीदेवीले आफ्नो छोरा निर्दोष रहेको र फसाइएको भन्दै उनलाई बचाइदिन प्रहरीसमक्ष पटक पटक आग्रह गरेका थिए । छोरा पक्राउ परेको खबर पाएपछि विष्णुपुर गाउँपालिका ७ स्थित घरबाट कार्यालयमै आई पुगेका ठाकुरका बृद्ध आमा बुबालाई समाल्हन प्रहरीलाई हम्मे हम्मे परेको थियो ।
घुस लिएको आरोपमा मुद्दा फाँटका प्रमुख ठाकुर पक्राउ
सारांश
- जग्गा विवाद सम्बन्धी कागजात मिलाउन पुगेका एक सेवाग्राहीसँग १३ हजार रुँपैया घुस लिएको आरोपमा राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालय मुद्दा फाँटका प्रशासन प्रमुख समेत रहेका नासु कृष्णबल्लभ ठाकुरलाई अख्यितारको टोली मंगलबार पक्राउ गरेको हो ।
- सेवाग्राहीसँग रकम माँग भएपछि अख्तियारलाई सूचना आएको आधारमा उनलाई पक्राउ गरेको अख्तियारका एक पदाधिकारीले जानकारी दिए ।
- उनलाई आवश्यक प्रक्रिया पश्चात् अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी पु¥याएको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया