मुख्य बजारमै छैन सार्वजनिक शौचालय

राजविराज राजविराज
|
बुधबार, पौष १६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मुख्य बजारमै छैन सार्वजनिक शौचालय

सारांश

  •     राजबिराजको मुख्य बजार क्षेत्र वरिपरि गजेन्द्र चौकदेखि अस्पताल रोडसम्म कतै पनि सार्वजनिक शौचालय छैन ।
  •     जिल्लाको मुटु समेत मानिने राजबिराज बजारमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार आएकाहरुले समस्या हुने गरेको छ ।
  • बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट सरकारी कामकाज तथा किनमेल गर्न तथा खरिद विक्रि गर्न आउनेहरुले शौंच गर्न खुल्ला स्थान वा सरकारी कार्यालय धाउनु पर्दछ ।

चन्दन कुमार यादव
राजविराज, १६ पुस ।
    नेपाल खुल्ला दिसा मुक्त भइसकेको अवस्थामा सप्तरी सदरमुकाम राजबिराजको मुख्य बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन । 
    राजबिराजको मुख्य बजार क्षेत्र वरिपरि गजेन्द्र चौकदेखि अस्पताल रोडसम्म कतै पनि सार्वजनिक शौचालय छैन ।
    जिल्लाको मुटु समेत मानिने राजबिराज बजारमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार आएकाहरुले समस्या हुने गरेको छ । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट सरकारी कामकाज तथा किनमेल गर्न तथा खरिद विक्रि गर्न आउनेहरुले शौंच गर्न खुल्ला स्थान वा सरकारी कार्यालय धाउनु पर्दछ । 
    बजारमा शौंच लागेपछि वास बसेको होटल वा कोठा पुग्ने सम्भावना नभएकोले धेरै मानिसहरु शान्त ठाउँ खोजेर विसर्जन गर्ने गरेको सोनरा पकरीका राजेन्द्र यादबले गुनासो गरे ।
    यता मालपोत अगाडी हटिया लाग्ने स्थानमा एउटा शौचालय रहेपनि हाल सो शौचालय तरकारी बजारका कारण थाहा हुदैन् । उक्त शौचालयमा पानी नभएपछि शौचालय हुनुको कुनै अर्थ नरहेको स्थानीय बताउछन् । यता गजेन्द्र चौक देखीःपुर्व बस स्टेन क्षैत्रमा पनि सार्वजनिक शौचालय छैन ।
    दैनिक हजारौको जमघट हुने बसपार्कमा शौचालय नहुँदा यात्रु र स्थानीयले समस्या भोग्दै आएका छन् । सवारी साधनबाट घण्टौको यात्रा गरेर गजेन्द्र चौकको बस काउन्टर क्षैत्रमा यात्रु ओर्लिएपछि शौचालय नहुँदा निक्कै पिडा भोग्नु परेको यात्रुहरु बताउछन् । 
    जिल्लाको मुख्य बजारमा कमसेकम दुई स्थानमा शौचालय निर्माण गरिए धेरैलाई राहत मिल्ने स्थानियहरुको भनाई छ । 
    बस स्टेनमा सार्वजनिक शौचालय सम्बन्धीत निकायले निर्माण गरे सर्वसाधारण नागरिकहरुलाई सहज हुने राजगढका बिरेन्द्र यादबको भनाई छ । 
    टाउन प्लानिंगमा बसाईएको पुरानो शहरको लामो ईतिहास बोकेको बजारमा अहिलेसम्म पनि कुनै मुख्य बजारमा सार्वजनिक शौचालय नहुनु लज्जाको विषय बनेको यादबको ठहर छ ।
    नगर क्षेत्रभित्र सार्वजनिक शौचालय र स्वाच्छ खानेपानीको ब्यवस्था गर्न नगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराएको भएपनि अहिलेसम्मा ब्यावहारमा नदेखिएको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले बताए । 
    यस विषयमा नगरपालिकाका उपप्रमुख साधना झाले सार्वजनिक शौचालय केही ठाउमा भएपनि ब्यबस्थित हुन नसक्दा समस्या उत्पन्न भएकोले मुख्य बजार ब्यबस्थित शौचालय बनाउन प्राथमिकतामा रहेको बताईन । श्रोत जुटाएर नगरपालिका भित्र जमघट बढी हुने क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
विकास र शान्तिका लागि छात्रा क्रिकेट प्रतियोगिता
विकास र शान्तिका लागि छात्रा क्रिकेट प्रतियोगिता
बाढी प्रभावितलाई नगद राहत वितरण
बाढी प्रभावितलाई नगद राहत वितरण