सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित

राजविराज राजविराज
|
शनिबार, आषाढ २७, २०७७
|
|
४६ पटक हेरिएको
Shares
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित

सारांश

  •     सप्तकोशीमा निरन्तर पानीको बहाव बढ्दै गएकाले मानविय क्षति हुन नदिन राहत तथा उद्धार कार्यका लागि त्यसतर्फ ठूलो संख्यामा आवश्यक सामाग्रिसहित सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       वडा अध्यक्ष यादवले पानीको बहाव निरन्तर बढ्दै गएकाले थप परिवारलाई पनि प्रहरीको सहयोग लिएर डुङ्गामा राखी सुरक्षित स्थानतर्फ लाने तयारी भइरहेको बताए ।
  • सुरक्षित ठाउँमा आएकाहरु पशुचौपाया पनि जोगाईदिने आग्रह गरिरहेको उनले सुनाए ।

    राजबिराज÷दुई दिनदेखी परेको निरन्तर वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका ७५ परिवार बिस्थापित भएका छन् । 
    सो गाउँमा अहिले बाढी पसेपछि घर डुवानमा परेका ७५ परिवारलाई प्रहरीको सहयोगमा उद्धार गरि उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पु¥याइएको छ । 
    टप्पु नामले चिनिने गोबरगाढा चारैतिर कोशी नदीले घेरिएको छ । गोबरगाढामा पुग्ने मार्गहरु डुवानमा परेपछि डुङ्गामा राखेर उनीहरुलाई सुरक्षित स्थानतर्फ पु¥याउने काम गरिएको वडा अध्यक्ष बिन्देश्वर यादवले जानकारी दिएका छन् । 
    सप्तकोशीमा निरन्तर पानीको बहाव बढ्दै गएकाले मानविय क्षति हुन नदिन राहत तथा उद्धार कार्यका लागि त्यसतर्फ ठूलो संख्यामा आवश्यक सामाग्रिसहित सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    वडा अध्यक्ष यादवले पानीको बहाव निरन्तर बढ्दै गएकाले थप परिवारलाई पनि प्रहरीको सहयोग लिएर डुङ्गामा राखी सुरक्षित स्थानतर्फ लाने तयारी भइरहेको बताए । सुरक्षित ठाउँमा आएकाहरु पशुचौपाया पनि जोगाईदिने आग्रह गरिरहेको उनले सुनाए । 
    वर्षा जारि रहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । 
    निरन्तरको वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ । शनिबार दिउँसो ३ बजेको मापन अनुसार पानीको बहाव २ लाख ७६ हजार ५ सय ५५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । जसकारण आसपासका बासिन्दालाई सचेत गराउन खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ भने कोशी ब्यारेजका ५६ मध्ये ४० ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै निरन्तरको वर्षाले तिलाठी कोइलाडी गाउँपालिकका झण्डै १ सय ३० विगहा जग्गामा लगाइएको धान खेती बगरमा परिणत भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
राजविराज प्रिमियर लिग सुरु
राजविराज प्रिमियर लिग सुरु
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
झुठो विवरणमा नेपाली नागरिकता लिएको भन्दै मण्डल दम्पत्ति बिरुद्ध उजुरी 
झुठो विवरणमा नेपाली नागरिकता लिएको भन्दै मण्डल दम्पत्ति बिरुद्ध उजुरी 
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने