राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो

राजविराज राजविराज
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
१९ पटक हेरिएको
Shares
राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो

सारांश

  •     सो विवाद उत्पन्न भएपछि केही मतपत्र च्यातिएको प्रत्यक्षदर्शी काँग्रेसी नेताहरुले जनाएका छन् ।
  • कुल २ हजार ५ सय ३५ मतदाता मध्ये दिउँसो ४ बजेसम्म ६ सय ३ मत मात्र खसेको थियो ।
  •       निर्वाचन समितिले क्षेत्र नं.

    राजविराज÷नेपाली काँग्रेस सप्तरीको जिल्ला अधिवेशन विवादका बीच स्थगित भएको छ । निर्वाचन समितिले निर्वाचन स्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित भएको हो ।
    पटक पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखी हुने भनिएको निर्वाचन १० बजेदेखी मात्र सुरु भएको थियो । 
    रुपनी गाँउपालिका वडा न ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक पटक मतदाताको सहयोगि बनेको भन्दै विवाद उत्पन्न भएको थियो ।
    सो विवाद उत्पन्न भएपछि केही मतपत्र च्यातिएको प्रत्यक्षदर्शी काँग्रेसी नेताहरुले जनाएका छन् । कुल २ हजार ५ सय ३५ मतदाता मध्ये दिउँसो ४ बजेसम्म ६ सय ३ मत मात्र खसेको थियो । 
    निर्वाचन समितिले क्षेत्र नं. १ देखि ४ सम्म अलग अलग बुथ राखेपनि महिला र पुरुषलाई एउटै बुथमा राखेपछि बिवादको अर्को कारण बनेको थियो । एउटै बुथमा महिला पुरुष राखेपछि एक मतदातालाई धेरै उम्मेदवारलाई मतदान गर्नुपर्ने बाध्यताले व्यवस्थापन भद्रगोल अवस्था देखिएको थियो ।
    नयाँ नेतृत्वका लागि सभापति पदमा संस्थापन पक्षतर्फबाट शत्रुधन प्रसाद यादव र इतर पक्षतर्फबाट रामदेव साहको उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापति समेत रहेका केन्द्रिय सदस्य दिनेश कुमार यादवको समर्थन रहेको छ भने शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ ।
    यो समाचार तयार गर्ने समय सम्म निर्वाचन समिति र उम्मेदवारद्वय पक्षबीच छलफल जारि रहेको छ । श्रोतका अनुसार स्थगित भएको निर्वाचन मंगलबार हुने जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान