दैनिक समाचारदाता
राजविराज, २ पुस ।
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन प्रदेश २ महिला क्रिकेट टोलीको शुक्रबार राजविराजमा बिदाई गरिएको छ । सो महिला क्रिकेट टोलीको सप्तरी क्रिकेट सँघले बिदाई गरेको हो ।
सप्तरी क्रिकेट संघ अध्यक्ष तथा प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी र सचिव चन्दनकुमार यादबले खेलाडीहरूलाई गम्छा, अबिर लगाएर बिदाई गरे ।
मंसिर २० गतेदेखि सप्तरी क्रिकेट संघको आयोजनामा संचालित प्रदेश स्तरिय महिला क्रिकेट छनोट प्रतियोगितावाट ती खेलाडी छनोट गरिएको हो ।
प्रदेश २ का पाँच जिल्ला सम्मिलित छनोट प्रतियोगिताबाट सरस्वती चौधरीको कप्तानीमा रोजी खत्री उपकप्तान, अलिसा यादब विकेट किपर, अनुराधा चौधरी, संतोषी चौधरी, आरती चौधरी, प्रतिमा साह रहेकी छिन ।
यसैगरी टोलीको अन्य सदस्यहरूमा साना प्रविण, प्रिंयका गुप्ता, गोमा आले, मेलिना रायमाझी, बिमला मगर, श्रृजना चौधरी, मधु चौधरीलाई चयन गरिएको प्रदेश २ क्रिकेट संघका सचिव श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैकल्पिक खेलाडीहरूमा शिवानी साह, मोनिका साह, पुष्पा फुयाल, मिना महतोलाई छनौट गरिएको छ ।
नेपाल क्रिकेट संघको आयोजनामा यही पुस ३ गते धनगढीमा प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छन् ।
पुस ५ गते प्रदेश २ को पहिलो म्याच बिभागिय टोली एपिएफसँग भिड्ने तथा दोस्रो खेल गण्डकी प्रदेश सँग हुने तालिका रहेको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
सारांश
- सप्तरी क्रिकेट संघ अध्यक्ष तथा प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी र सचिव चन्दनकुमार यादबले खेलाडीहरूलाई गम्छा, अबिर लगाएर बिदाई गरे ।
- मंसिर २० गतेदेखि सप्तरी क्रिकेट संघको आयोजनामा संचालित प्रदेश स्तरिय महिला क्रिकेट छनोट प्रतियोगितावाट ती खेलाडी छनोट गरिएको हो ।
- प्रदेश २ का पाँच जिल्ला सम्मिलित छनोट प्रतियोगिताबाट सरस्वती चौधरीको कप्तानीमा रोजी खत्री उपकप्तान, अलिसा यादब विकेट किपर, अनुराधा चौधरी, संतोषी चौधरी, आरती चौधरी, प्रतिमा साह रहेकी छिन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया