तेश्रो मिथिला कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिता भोलीदेखी

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २, २०७८
|
|
४३ पटक हेरिएको
Shares
तेश्रो मिथिला कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिता भोलीदेखी

सारांश

  •     नकआउट प्रणालीको आधारमा खेलाइने सम्पूर्ण खेल राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पसको खेल मैदानमा सम्पन्न हुनेछ ।
  •       यूवाशक्ति क्लब विष्णुपुर सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा प्रदेश १ र २ का गरि १६ वटा टिमको सहभागिता रहने जनाएको छ ।
  •       क्लबका अध्यक्ष ई रबिन्द्र यादवले कात्तिक १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १५ लाख खर्च हुने अनुमान गरिएको तथा प्रतियोगिताका बिजेता टिम १ लाख नगद र ट्रफि तथा उपबिजेता टिम ५० हजार नगद र ट्रफि पाउने जानकारी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, १ कात्तिक । 
    प्रदेश १ र २ का १६ वटा टिमको सहभागितामा तेश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता कात्तिक ३ गतेदेखी सुरु हुने भएको छ । 
    नकआउट प्रणालीको आधारमा खेलाइने सम्पूर्ण खेल राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पसको खेल मैदानमा सम्पन्न हुनेछ । 
    यूवाशक्ति क्लब विष्णुपुर सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा प्रदेश १ र २ का गरि १६ वटा टिमको सहभागिता रहने जनाएको छ । 
    क्लबका अध्यक्ष ई रबिन्द्र यादवले कात्तिक १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १५ लाख खर्च हुने अनुमान गरिएको तथा प्रतियोगिताका बिजेता टिम १ लाख नगद र ट्रफि तथा उपबिजेता टिम ५० हजार नगद र ट्रफि पाउने जानकारी समेत दिए । 
    प्रतियोगितामा प्रदेश १ का बुस्टन क्रिकेट ऐकेडेमी झा, बिराटनगर स्पोटिङ क्लब मोरङ र फुलवारी क्रिकेट क्लब सुनसरीको सहभागिता रहने पत्रकार सम्मेलनमा क्लबका अफिसियल प्रमुख उदित यादवले जानकारी दिए । 
    प्रदेश २ बाट जनकपुर ऐकेडेमिक क्रिकेट क्लब, धनुषा रोयल क्रिक्रेट ऐकेडेमी, लहान क्रिक्रेट क्लब सिरहा, नरेशसिंह क्रिकेट ऐकेडेमी महोत्तरी, रौतहट ११, क्रिकेट बजार ११ बारा र युनाइटेड क्रिकेट क्लब पर्साको सहभागिता रहने छ । 
    त्यस्तै आयोजक सप्तरीको रन्जितपुर राइडर्स, छिन्नमस्ता स्पोटिङ क्लब, बजाज यूथ ऐकेडेमी, रुपनी राइडर्स, तिलाठी कोइलाडी ११ र लायन्स क्रिकेट ऐकेडेमीको पनि सहभागिता रहने उनले जानकारी दिए । 
    प्रतियोगिता अन्तरगत उद्घाटन खेल लहान क्रिकेट क्लब सिरहा तथा फुलवारी क्रिकेट क्लब सुनसरीबीच हुने तय भएको सचिव राजेन्द्र मुखाियले जानकारी दिए । 
    प्रतियोगिता संचालनका लागि विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननग कंकालिनी नगरपालिका, बोदेबरसाइन नगरपालिका, एसके इन्जिनियरिङ कल्सल्टेन्सी र जयसूर्या कन्सल्टेन्सी लगायतका स्थानिय तह र संघसंस्थाबाट आवश्यक सहयोग प्राप्त हुने कोषाध्यक्ष नन्दकिशोर गुप्ताले जानकारी दिए । 
    प्रतियोगिताको प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
कृष्णाष्टमीमा भक्तजनको चहलपहल
कृष्णाष्टमीमा भक्तजनको चहलपहल
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ