नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 

राजविराज राजविराज
|
आइतबार, जेठ २१, २०८०
|
|
३९ पटक हेरिएको
Shares
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 

सारांश

  •     राजविराज १ निवासी झा यसअघि पनि संघको मधेश प्रदेश तदर्थ समितिका संयोजकको जिम्मेवारी बहन गरिसकेका छन् ।
  • उनी संघका केन्द्रिय कोषाध्यक्ष समेत हुन् ।
  •       यस्तै संघको बरिष्ठ उपाध्यक्षमा गणेश थापा (सर्लाही), उपाध्यक्षमा सरोज सिंह (धनुषा), सचिवमा महेश प्रसाद गुप्ता (बारा) र कोषाध्यक्षमा प्रिता कुमारी चौधरी (सिरहा) निर्विरोध चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।

    मधेश प्रदेश कबड्ी संघको प्रथम अधिवेशन आइतबार राजविराजमा सम्पन्न भएको छ । अधिवेशनले कबड्ीका पूर्वअन्तराष्ट्रिय खेलाडी अरबिन्द कुमार झाको नेतृत्वमा ९ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ । 
    राजविराज १ निवासी झा यसअघि पनि संघको मधेश प्रदेश तदर्थ समितिका संयोजकको जिम्मेवारी बहन गरिसकेका छन् । उनी संघका केन्द्रिय कोषाध्यक्ष समेत हुन् । 
    यस्तै संघको बरिष्ठ उपाध्यक्षमा गणेश थापा (सर्लाही), उपाध्यक्षमा सरोज सिंह (धनुषा), सचिवमा महेश प्रसाद गुप्ता (बारा) र कोषाध्यक्षमा प्रिता कुमारी चौधरी (सिरहा) निर्विरोध चयन भएका छन् ।
    यस्तै सदस्यहरुमा मनोज मण्डल (धनुषा), अमरकान्त झा (सप्तरी), प्रदिप भट्राई (सर्लाही) र सन्दिप गुप्ता (बारा) चयन भएका छन् । 
    त्यसैगरि सल्लाहकारमा प्रदेश सभा सदस्य सतिश कुमार सिंह (सप्तरी) तथा संघको केन्द्रिय उपाध्यक्ष समेत रहेका बिरेन्द्र प्रसाद यादव (धनुषा) लाई चयन गरिएको संघले जनाएको छ । 
    निर्वाचित भएपछि अध्यक्ष झाले प्रदेशको तर्फबाट कबड्ीका योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउनका लागि विभिन्न कार्य योजना बनाएर अघि बढ्ने प्रतिक्रिया दिए । 
    वडा, गाउँ, नगर, जिल्ला हुँदै प्रदेश स्तरको प्रतियोगिताहरु संचालनमा ल्याउने, तल्लो तहमा कबड्ीको प्रशिक्षणको ब्यवस्था मिलाउने, कबड्ीका गतिविधीलाई प्रदेशका सबै जिल्लाहरुमा लैजाने लगायतका विषय कार्य योजनामा समेटिने उनको भनाई छ ।
    अधिवेशनमा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, अखिल नेपाल कबड्ी संघका केन्द्रिय सदस्य सुनिल कुमार झा, जिल्ला कबड्ी संघका अध्यक्ष चन्द्रशेखर चौधरी लगायतले शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द 
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द 
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु
डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु
लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश