दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले बुधबार सिरहा र सप्तरीका पाउरोटी (बेकरी) उद्योगिहरुलाई एक दिने असल उत्पादन अभ्यास सम्बन्धी तालिम दिएको छ ।
सिरहा र सप्तरीका ४० जना पाउरोटी उद्योगिहरुको सहभागितामा आयोजित सो तालिममा डिभिजन कार्यालयका खाद्य निरिक्षक सुरेश कुमार सिंहले सहजिकरण गरेका थिए ।
राजविराज वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलको प्रमुख आतिथ्यमा आयोजित तालिममा पाउरोटी बनाउँदा विभिन्न प्रक्रियालाई ध्यानमा राखी उत्पादन गर्नु पर्ने बारेमा जानकारी दिएको खाद्य निरिक्षक सिंहले बताए ।
उनले पाउरोटी उत्पादन गर्ने बेला प्रशोधन कक्ष, प्रशोधनका पूर्वाधार, प्रशोधन प्रविधि तथा उपकरण, क्यालिब्रेसन, कच्चा पदार्थको भण्डारण, पानी, प्रक्रिया नियन्त्रण विधि, सरसफाई, व्यक्तिगत सरसफाई, चरा, किरा, मुसा नियन्त्रण व्यवस्था, फोहर व्यवस्थापन, मर्मत सम्भार, गुणस्तर, ढुवानी, वितरण, गुणस्तरहिन उत्पादनको व्यवस्थापन, रेकर्ड, अभिलेख, तालिम, जनशक्ति र उपभोक्ताको गुनासो समेतलाई ध्यानमा राखी उत्पादन गर्नु पर्ने कुरामा ध्यान दिन उनीहरुलाई सुझाव समेत दिए ।
पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम
सारांश
- सिरहा र सप्तरीका ४० जना पाउरोटी उद्योगिहरुको सहभागितामा आयोजित सो तालिममा डिभिजन कार्यालयका खाद्य निरिक्षक सुरेश कुमार सिंहले सहजिकरण गरेका थिए ।
- राजविराज वडा नं.
- ८ का अध्यक्ष जयनारायण मण्डलको प्रमुख आतिथ्यमा आयोजित तालिममा पाउरोटी बनाउँदा विभिन्न प्रक्रियालाई ध्यानमा राखी उत्पादन गर्नु पर्ने बारेमा जानकारी दिएको खाद्य निरिक्षक सिंहले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया