तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 

राजविराज राजविराज
|
सोमबार, मंसिर ३, २०७५
|
|
४५ पटक हेरिएको
Shares
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • ५ को.
  • बरसाइनस्थित स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन पश्चात् सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ३, मंसिर ।
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गताहरुलाई घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमको सोमबारदेखी शुभारम्भ गरेको छ । 
    सो गाउँपालिका वडा नं. ५ को. बरसाइनस्थित स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन पश्चात् सो कार्यक्रमको शुभारम्भ गरिएको हो । 
    स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादवले स्थानिय असक्त ७८ वर्षिया उम्दा ठाकुरको स्वास्थ्य परीक्षण गरी घरदैलो कार्यक्रमको शुरुवात गरे । 
    यता उमेर र अशक्तताका कारण उपचारका लागी स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक तथा पुर्ण आपांगता भएका विरामीहरुले घरमै उपचार पाएपछि खुशी व्यक्त गरेका छन् । 
    यसअघि घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै तिलाठी कोईलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंहले उमेर र शारिरीक अशक्ताका कारण उपचारका लागी नजिकको स्वास्थ्य चौकी सम्म पुग्न नसकेर कष्टकर जीवन विताउन बाध्य ती ज्येष्ठ नागरिक र शारिरीक रुपमा अशक्तलाई सहज ढंगले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्यको टोली खटाई घरदैलोमै स्वास्थ्य परिक्षण र उपचार गर्ने कार्यक्रम चलाइएको जानकारी दिए । 
    उनले आठ वडा रहेका गाउँपालिकामा ७ सय १६ बृृद्ध, ९ सय २ बुद्धा गरी १ हजार ६ सय १८ जेष्ठ नागरिक छन् भने ११ जना शारीरिकरुपमा अशक्त रहेको जानकारी दिँदै घरदैलो स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम आफ्नो पुरै कार्यकाल सम्म जारी रहने अध्यक्ष सिहले बताए । 
    यस्तै गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत राजु झाले प्रत्येक महिनाको चार दिन स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिक र शारिरीक रुपमा अशक्त विरामीको पहिचान गरी घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । 
    गाउँपालिका कार्यक्रम अधिकृत राजेश झाले वडा नं. ५ बाट शूरु भएको अभियान पालैपालो हरेक वडामा संचालन हुने र ६ जनाको स्वास्थ्यकर्मीको टालीले निःशुःल्क जाँच र औषधी प्रदान गर्ने जानकारी दिए । 
    सम्भव त प्रदेश नं. २ को र १८ वटा स्थानीय तह रहेको सप्तरी जिल्लामा घरमै गएर ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम ल्याउने तिलाठी कोईलाडी गाउँपालिका पहिलो गाउँपालिका बनेको छ । 
    कार्यक्रम शुभारम्भका अवसरमा गाउँपालिकाकी उपप्रमुख सुचिता यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादव, स्वास्थ्य चौकी प्रमुख राजेश कुमार यादव, स्वास्थ्य संयोजक शैलेश मिश्र, विभिन्न वडा अध्यक्ष लगायतले कार्यक्रमको सफलताका लागि शुभकामना दिएका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
सकरपुरा र को. मधेपुरा बिजयी
सकरपुरा र को. मधेपुरा बिजयी
किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ
किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते
अग्निपीडितलाई राहत प्रदान
अग्निपीडितलाई राहत प्रदान
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
तिलाठीका सम्पूर्ण विद्यालयका शिक्षकलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइदै
तिलाठीका सम्पूर्ण विद्यालयका शिक्षकलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइदै