खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या

राजविराज राजविराज
|
सोमबार, पौष १२, २०७८
|
|
४३ पटक हेरिएको
Shares
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • १ बरही विरपुरकी ५० वर्षिया भुटनी देवी यादवको सोमबार बिहान हत्या गरिएको अवस्थामा गहुँ खेतको खोल्सोमा मृत शरीर फेला परेको छ ।
  • हत्या आइतबार साँझ ६ बजेदेखी १० बजेसम्मको बीचमा हुन सक्ने प्रहरीको अनुमान छ ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक बृद्धको घाटी रेटी हत्या भएको  घटना एक महिना नबित्दै पुनः एक अर्की महिलाको हत्या भएको छ । 
    सो गाउँपालिका वडा नं. १ बरही विरपुरकी ५० वर्षिया भुटनी देवी यादवको सोमबार बिहान हत्या गरिएको अवस्थामा गहुँ खेतको खोल्सोमा मृत शरीर फेला परेको छ । हत्या आइतबार साँझ ६ बजेदेखी १० बजेसम्मको बीचमा हुन सक्ने प्रहरीको अनुमान छ । 
    शवको प्रकृति र घटनास्थलमा भेटिएका प्रमाणको आधारमा यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्ललेले जानकारी दिएका छन् । यादवको टाउँकोमा बियरको बोतल प्रहार गरि हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताउँदै घटनास्थलमा २ वटा फुटेको र एउटा नफुटेको बियरको बोतल बरामद गरिएको उनले जानकारी दिए ।
    मृतकका पति जवाहिर यादवले आइतबार साँझ ५ बजेतिर भुटनी देवी हसिया र खरानी लिएर खेततर्फ लागेकी जानकारी दिदै गहुँ खेतमा किरा मार्न प्रयोग गरिने खरानी छर्ने र आउँदा केही सागसब्जी काटेर ल्याउने भन्दै निस्केकी बताए । पत्नि अबेरसम्म घर नफर्केपछि आफूहरु राती १० बजेतिर टर्च बोकेर खेततर्फ खोज्न गएको तर कतै फेला नपरेको र बिहान पुनः खोज्न जाँदा खेतभन्दा करिब ५ सय मिटर टाढा रहेको खोल्सोमा उनको मृत शरीर फेला परेको उनको भनाई छ । 
    प्रहरीले घटना बारे अनुसन्धानका लागि सोमबारै तालिम प्राप्त कुकुरको प्रयोग समेत गरेको छ । गत मंसिर ८ गते सोही गाउँपालिकाका वडा नं. ६ निवासी ८० वर्षिय मिश्रिलाल मण्डलको दिउँसो १२ बजेतिर घाँटी रेटी हत्या भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै  सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै  सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
डाक्नेश्वरी नपाको बेथिति बिरुद्ध १४ बुँदे माग सार्दै चार दल आन्दोलित
डाक्नेश्वरी नपाको बेथिति बिरुद्ध १४ बुँदे माग सार्दै चार दल आन्दोलित
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन 
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन