दैनिक समाचारदाता
राजविराज, १२, फागुन ।
सप्तरीको राजविराज नगरपालिकामा मंगलबार एक युवा पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।
नगरपालिकाको वडा नं. ६ निवासी १८ बर्षीय अंगद कुमार मेहतर सोही वडा स्थित तुरन्ती पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।
दुईदिन अघि भारतको विहार राज्य अन्तर्गत भिमनगर दिदी कहाँ जान्छु भन्दै उनी घरबाट निस्केको थिए ।
विहान ६ बजेतिर तुरन्ती पोखरीमा तैरीरहेको अवस्थामा स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रमोद साहको नेतृत्वमा पुगेको प्रहरी टोलीले गोताखोरको मद्दतबाट शव बाहिर निकालेको थियो ।
शव पोष्टमार्टमका लागि गजेन्द्रनाराण सिंह अस्पताल पठाएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
उनका अनुसार मृतक मेहतर छाडेरोगबाट पीडित रहेको बुझिएको छ । दिसा पिसाव गर्न निस्केका बेला चिप्लिएर उनी पोखरीमा डुबेको हुन सक्ने स्थानियको अनुमान छ । चारबर्ष अघि उनको आमाको पनि निधन भएको थियो र हाल उनका बुवा शंकर एक अपराधिक घट्नामा संलग्न भएको आरोपमा राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका छन् ।
दिदी घर जान्छु भन्दै हिडेका युवा पोखरीमा मृत फेला
सारांश
- नगरपालिकाको वडा नं.
- ६ निवासी १८ बर्षीय अंगद कुमार मेहतर सोही वडा स्थित तुरन्ती पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।
- दुईदिन अघि भारतको विहार राज्य अन्तर्गत भिमनगर दिदी कहाँ जान्छु भन्दै उनी घरबाट निस्केको थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया