दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
४६ पटक हेरिएको
Shares
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला

सारांश

  •     नगरपालिकाको वडा नं.
  • ६ निवासी १८ बर्षीय अंगद कुमार मेहतर सोही वडा स्थित तुरन्ती पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।
  •     दुईदिन अघि भारतको विहार राज्य अन्तर्गत भिमनगर दिदी कहाँ जान्छु भन्दै उनी घरबाट निस्केको थिए ।

दैनिक समाचारदाता
राजविराज, १२, फागुन । 

    सप्तरीको राजविराज नगरपालिकामा मंगलबार एक युवा पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।
    नगरपालिकाको वडा नं. ६ निवासी १८ बर्षीय अंगद कुमार मेहतर सोही वडा स्थित तुरन्ती पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।
    दुईदिन अघि भारतको विहार राज्य अन्तर्गत भिमनगर दिदी कहाँ जान्छु भन्दै उनी घरबाट निस्केको थिए । 
    विहान ६ बजेतिर तुरन्ती पोखरीमा तैरीरहेको अवस्थामा स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रमोद साहको नेतृत्वमा पुगेको प्रहरी टोलीले गोताखोरको मद्दतबाट शव बाहिर निकालेको थियो । 
    शव पोष्टमार्टमका लागि गजेन्द्रनाराण सिंह अस्पताल पठाएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
    उनका अनुसार मृतक मेहतर छाडेरोगबाट पीडित रहेको बुझिएको छ । दिसा पिसाव गर्न निस्केका बेला चिप्लिएर उनी पोखरीमा डुबेको हुन सक्ने स्थानियको अनुमान छ । चारबर्ष अघि उनको आमाको पनि निधन भएको थियो र हाल उनका बुवा शंकर एक अपराधिक घट्नामा संलग्न भएको आरोपमा राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
लागुऔषधसहित पक्राउ
लागुऔषधसहित पक्राउ
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो
२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा