तीन बालकसहित पाँचको मृत्यु

राजविराज राजविराज
|
आइतबार, कार्तिक ११, २०७५
|
|
५३ पटक हेरिएको
Shares
तीन बालकसहित पाँचको मृत्यु

सारांश

  •     यस्तै जिल्लाको कञ्चनरुप नगरपालिकामा अज्ञात रोगका कारण दुई बालकको अकालमै ज्यान गएको छ ।
  • कञ्चनरुप नगरपालिका वडा नं.
  • ७ का ६ बर्षिया कृषजंग कटुवाल र वडा नं.

   राजविराज÷सप्तरीमा एक सातामा विभिन्न घटना, दुर्घटना तथा अज्ञात रोगका कारण तीन बालबालिकाका साथै पाँच जनाको मृत्यु भएको छ । जसमा दुई बालकको अज्ञात रोगका कारण र एक बालकसहित अन्य दुई जनाको विभिन्न दुर्घटनामा मृत्यु भएको छ ।
    पछिल्लो घटना क्रम अनुसार जिल्लाको सप्तरी रुपनी गाउँपालिका २ स्थित राजबिराज रुपनी सडकमा शुक्रबार स्कुल बसको ठक्करबाट स्थानिय गुनान्दन यादवका ६ वर्षीय छोरा शिवमकुमार यादवको मृत्यु भएको छ । 
    पाँच किलोमा ना.३ ख ७३९० नम्बरको कंकालिनि एकेडेमीको बसले ठक्कर दिँएपछि गम्भिर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यस्तै जिल्लाको कञ्चनरुप नगरपालिकामा अज्ञात रोगका कारण दुई बालकको अकालमै ज्यान गएको छ । कञ्चनरुप नगरपालिका वडा नं. ७ का ६ बर्षिया कृषजंग कटुवाल र वडा नं. ५ का १३ वर्षिय कृष्ण सदाको ज्यान गएको हो । 
    कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको थियो । मृतक दुवै बालकलाई ज्वरो आउने, वान्ता हुने र टाउको दुख्ने गरेको थियो । हालसम्म ती बालकहरुको मृत्यु कुन रोगका कारण भएको भन्ने पत्ता लाग्न सकेको छैन् ।
    यसअघि गत महिनासम्म सो क्षेत्रमा भाइरल ज्वरोका कारण नगरवासी त्रसित भएका थिए । भाइरल ज्वरोकै कारण दुई जना बालकको मृत्यु भएको थियो ।    
    यसैबीच कञ्चनरुप नगरपालिकाले प्रदेश २ का समाजिक विकास मन्त्रालय, माहामारी तथा सरुवारोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजलाई मृत्यु भएका बालकहरुबारे आवश्यक अनुसन्धान गरी थप घटना हुन नदिन आवश्यक व्यवस्था गर्न सहयोगका लागि अनुरोध समेत गरेको छ ।
    यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालि ७ देवधारस्थित सडक खण्डमा सोमबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा बसका सहचालकको ज्यान गएको छ ।
    पुर्वबाट पश्चिम तर्फ जादै गरेको  ना ४ ख ४४७० नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट ६ मिटर उत्तर तल खस्दा बसका सहचालक काभ्रे जिल्ला निवासी ४५ वर्षिय दिपक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा गम्भिर घाईते भएका राईलाई उपचारका लागि सप्तरिषि अस्पताल लाहानमा उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका बसका यात्रुहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
    यसैगरि जिल्लको अग्निसाईर कृष्णासवरण गाउँपालिका १ मा माइक्रो बसको ठक्करबाट स्थानीय ६५ वर्षिय अन्दुलाल चौधरीको मृत्यु भएको छ ।
    विराटनगरवाट काठमाडौं तर्फ तिब्र गतिमा जाँदै गरेको वा ५ ख १४५१ नम्बरको माईक्रो बसले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा चौधरीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
एकल महिलाले बच्चा जन्माइन 
एकल महिलाले बच्चा जन्माइन 
ब्राउन सुगरसहित दुई जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित