दैनिक समाचारदाता
राजविराज, १० असार ।
प्रधानाध्यापक संघ नेपालले राजविराज नगरकार्यपालिमा विगत केही दिनदेखी आपसी विवादका कारण दैनिक प्रशासनिक लगायतका सम्पूर्ण कामकाजहरु ठप्प रहेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
राजविराज नगरपालिकका सामुदायिक विद्यालयका सम्पूर्ण प्रअहरु सम्मिलित राजविराज नगरकार्य समिति प्रधानाध्यापक संघ नेपालले मंगलबार एक विज्ञप्ति जारि गर्दै नगरपालिका भित्र रहेका ४२ वटा सामुदायिक विद्यालयहरुको समयमा पाठ्यपुस्तक, छात्रवृती, दिवाखाजा, तलबभत्ता लगायत अन्य विभिन्न महत्वपूर्ण निकासाहरु नहुने÷नसक्ने अवस्था देखिएकोले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठन लगायत विद्यालय सञ्चालन एवम् व्यवस्थापन कार्यमा ठूलो असर पर्ने अवस्था देखिएको उल्लेख छ ।
आर्थिक वर्षको अन्तमा यसरी दैनिक प्रशासनिक, आर्थिक लगायतका कामकाजहरु अवरोध हुँदा सामुदायिक विद्यालयहरुमा प्रवाह हुने विभिन्न प्रकारका निकासाहरु भुक्तानी हुन समेत कठिनाई भएकोले त्यसतर्फ गम्भिर हुन सबैमा आग्रह गरिएको छ ।
“नगरपालिकाका कार्यालयबाट दिइने सेवाहरु पनि ठप्प भई आमनागरिकहरु व्यापक मर्कामा परिरहेको जनाउँदै विज्ञप्तिमा वर्तमान र सम्भावित सम्पूर्ण समस्याहरुको निराकरणका लागि नगरपालिकाको नियमित कामकाजहरु सूचनारु हुनु पर्ने प्रधानाध्यापकहरूको सामुहिक ठहर रहेको छ ।” विज्ञप्तिमा यस कार्यमा पहलकदमीका लागि जिल्ला समन्वय समिति, राजविराज नगरपालिकाका कावा नगरप्रमुख र नेपाल पत्रकार महासंघलाई बोधार्थ समेत गरिएको छ ।
यसैबीच राजविराज नगरपालिकाका कर्मचारीहरुले मंगलबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन ईकाइ समिति राजविराज नगरपालिकाका अध्यक्ष कल्पना देवको नेतृत्वमा सो धर्नालाई निरन्तरता दिइएको हो ।
गत जेठ २७ गते कर्मचारीहरु बारुणयन्त्रको छेउमा उभिरहेको बेला पूर्वग्राही तथा सुनियोजित रुपमा आफूसहित लेखा अधिकृत शत्रुधनलाल दास र शहरी स्वास्थ्य क्लिनिकका अहेव संतोष कुमार दास माथि संघातिक आक्रमण आक्रमण, कुटपीट र लुटपाट घटनाका पीडितहरुले न्याय पाउनुपर्ने कर्मचारीहरुको माग छ ।
घटनाले सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको हुँदा पीडितलाई न्याय, दोषीलाई कानून वमोजिम कारबाही, सुरक्षाको प्रत्याभूति र सहज वातावरण नबने सम्म अत्यावश्यक सेवामा खटिएका बाहेकका कर्मचारीहरु काममा नफर्किने पुरानै माग सहित नगरपालिकाको मुल गेटमै कर्मचारीहरु धर्नामा बस्दै आएका छन् ।
कर्मचारीको धर्ना जारि, नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक विद्यालय संचालन एवं व्यवस्थापनमा असर
सारांश
- राजविराज नगरपालिकका सामुदायिक विद्यालयका सम्पूर्ण प्रअहरु सम्मिलित राजविराज नगरकार्य समिति प्रधानाध्यापक संघ नेपालले मंगलबार एक विज्ञप्ति जारि गर्दै नगरपालिका भित्र रहेका ४२ वटा सामुदायिक विद्यालयहरुको समयमा पाठ्यपुस्तक, छात्रवृती, दिवाखाजा, तलबभत्ता लगायत अन्य विभिन्न महत्वपूर्ण निकासाहरु नहुने÷नसक्ने अवस्था देखिएकोले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठन लगायत विद्यालय सञ्चालन एवम् व्यवस्थापन कार्यमा ठूलो असर पर्ने अवस्था देखिएको उल्लेख छ ।
- आर्थिक वर्षको अन्तमा यसरी दैनिक प्रशासनिक, आर्थिक लगायतका कामकाजहरु अवरोध हुँदा सामुदायिक विद्यालयहरुमा प्रवाह हुने विभिन्न प्रकारका निकासाहरु भुक्तानी हुन समेत कठिनाई भएकोले त्यसतर्फ गम्भिर हुन सबैमा आग्रह गरिएको छ ।
- “नगरपालिकाका कार्यालयबाट दिइने सेवाहरु पनि ठप्प भई आमनागरिकहरु व्यापक मर्कामा परिरहेको जनाउँदै विज्ञप्तिमा वर्तमान र सम्भावित सम्पूर्ण समस्याहरुको निराकरणका लागि नगरपालिकाको नियमित कामकाजहरु सूचनारु हुनु पर्ने प्रधानाध्यापकहरूको सामुहिक ठहर रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया