सप्तरीमा बढ्दै आत्महत्याका घटना

राजविराज राजविराज
|
शनिबार, चैत्र ११, २०७९
|
|
१७ पटक हेरिएको
Shares
सप्तरीमा बढ्दै आत्महत्याका घटना

सारांश

  •     पछिल्लो पटक शनिवार जिल्लाको छुट्टाछुट्टै स्थानमा एक ३२ वर्षिया महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन भने एक ७५ वर्षिय वृद्धले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।
  •     योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या १७ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
  •     प्रहरीका अनुसार विष्णुपुर गाउँपालिका ३ मुसहरी टोलमा विहान ६ बजेतिर ३२ वर्षिया ममता मरिकले आफ्नै कोठामा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छिन ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 

    सप्तरी जिल्लामा आत्महत्याका घटना बढ्दै गइहरेको छ । यस्ता घटना न्यूनिकरणका लागि प्रहरीले सचेतना अभियान चलाई रहेका बेला पनि आत्महत्याका घटना भने रोकिएको छैन । 
    पछिल्लो पटक शनिवार जिल्लाको छुट्टाछुट्टै स्थानमा एक ३२ वर्षिया महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन भने एक ७५ वर्षिय वृद्धले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।
    योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या १७ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
    प्रहरीका अनुसार विष्णुपुर गाउँपालिका ३ मुसहरी टोलमा विहान ६ बजेतिर ३२ वर्षिया ममता मरिकले आफ्नै कोठामा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छिन । उनको मृत शरिर पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    यस्तै जिल्लाको खडक नगरपालिका–८ विसनपुर टोल बस्ने ७५ वर्षिय बृद्ध हजिरा मोती रहमान मियाँले तरकारी खेतीमा किरा मार्न प्रयोग गरिने सुपरकिलर नामक विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । 
    उनको गम्भिर अवस्थामा छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । दुवै घटनाको कारण भने खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
अनुगमन पूर्व जागरुक  अभियान चलाउनु पर्नेमा जोड 
अनुगमन पूर्व जागरुक  अभियान चलाउनु पर्नेमा जोड 
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी
तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
आगलागिमा चार हजार कुखुरा मर्दा १६ लाख मुल्य बराबरको क्षति
आगलागिमा चार हजार कुखुरा मर्दा १६ लाख मुल्य बराबरको क्षति