तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

राजविराज राजविराज
|
आइतबार, कार्तिक २५, २०८१
|
|
३४ पटक हेरिएको
Shares
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

सारांश

  •     शिक्षक तथा कर्मचारीद्वारा गठित आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवको अगुवाइमा सो तालाबन्दी गरिएको हो ।
  • आन्दोलित शिक्षक र कर्मचारीले नगरपालिकाको मुल गेट मै तालाबन्दी गरेपछी नगरपालिकाको सम्पुर्ण सेवा ठप्प भएको हो ।
  •       दशै खर्चसहित विगत ५ महिनाको तलब नपाएको भन्दै शिक्षक र कर्मचारीले संघर्ष समिती नै गठन गरी गत कार्तिक ६ गतेदेखी पालिका कार्यालय अगाडी धर्ना दिदै आएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।

    विगत पाँच महिनादेखी तलब भत्ता नपाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका शिक्षक, शिक्षिका र कर्मचारीले आइतबार पालिका कार्यालयमा तालाबन्दी गरेका छन । 
    शिक्षक तथा कर्मचारीद्वारा गठित आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवको अगुवाइमा सो तालाबन्दी गरिएको हो । आन्दोलित शिक्षक र कर्मचारीले नगरपालिकाको मुल गेट मै तालाबन्दी गरेपछी नगरपालिकाको सम्पुर्ण सेवा ठप्प भएको हो । 
    दशै खर्चसहित विगत ५ महिनाको तलब नपाएको भन्दै शिक्षक र कर्मचारीले संघर्ष समिती नै गठन गरी गत कार्तिक ६ गतेदेखी पालिका कार्यालय अगाडी धर्ना दिदै आएका थिए । 
    तलबका लागी पटक पटक नगर प्रमुख विरेन्द्र माझीलाई लिखित र मौखिक आग्रह गर्दा पनि आश्वासन बाहेक केही नपाइएकाले बाध्य भई तालाबन्दी गर्नु परेको आन्दोलन परिचालन समितीका संयोजक यादवले बताए । उनले माग पुरा नभए सम्म तालबन्दी जारी राख्ने र काममा नफर्कने अडान समेत राखेका छन । 
    शिक्षिका प्रियंका झाले चाडपर्वको वेला समेत तलब पाउन नसक्दा जीवनयापन धान्ने र दैनिकी काम गर्न समस्या भएको बताईन । पालिकाले परिषद् हुन नसकेको कारण देखाई गत साउनदेखी हाल सम्मको तलब उपलब्ध नगराएको उनको गुनासो छ । 
    शिक्षक तथा मानवश्रोत विकास केन्द्रले देशभरीका पालिकाकालाई पटक पटक निर्देशन तथा पत्राचार गरेर शिक्षकहरुलाई नियमितरुपमा तलब दिनु भने पनि यस पालिकामा कुनै वास्ता नगरिएको उनको कथन छ । 
    हनुमाननगर कंकालिनी नगरपालिका मातहतमा ३० वटा सामुदायिक विद्यालय छन । जसमा ७ हजार ८ सय ७३ बालबालिका अध्यनरत छन । शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछी उनीहरुको पठन पाठन  समेत ठप्प भएको छ । उक्त पालिकामा २ सय २५ शिक्षक र विभिन्न पदका ५ सय गरी ७ सय कर्मचारी छन । 
    नगर प्रमुख बिरेन्द्र माझीले केही विषयमा विवाद सृजना भई समय मै नगरसभा हुन नसकेकाले तलब खुवाउन समस्या भएको बताएका छन । उनले उक्त समस्या समाधानका लागी आफुले पहल गरिरहेको दाबी समेत गरे । 
    बाढी पीडितको रकम वितरण अनियमितता भएको भन्दै १५ दिन अघि स्थानीयले उक्त पालिकाको ५ वटा वडा कार्यालयमा गरेको तालाबन्दी जारी नै रहेका बेला पालिकामा समेत तालाबन्दी हुदा सेवाग्राही समेत समस्यामा परेका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
करेन्टले लागेर महिलाको मृत्यु
करेन्टले लागेर महिलाको मृत्यु
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह