दैनिक समाचारदाता
राजबिराज, १० कात्तिक ।
तरुण दल सप्तरीले शनिवार ७२ औ स्थापना दिवस अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ ।
स्थापना दिवसको अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले नेपाली काँग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनमा तरुण दलको भूमिका कसैले पनि विर्सन नहुने बताए ।
उनले सात दशकको इतिहास बोकेको तरुण दलले संगठन विस्तार गरि सक्रियताका साथ देश र जनताको सेवामा लाग्नु पर्ने उल्लेख गरे । ‘नेपाली काँग्रेसमा पहिला जस्तै जोश ल्याउनु प¥यो, संगठन सुदृढ गर्दै जनताको अपेक्षा अनुसार अगाडी बढ्नु नितान्त आवश्यक छ’ सभापति साहले भने ।
यस्तै सोही कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सचिव सनत मंडलले पहिलाको तुलनामा अहिले तरुण दलको संगठन कमजोर रहेकोले त्यसलाई बलियो बनाउनु पर्ने बताए । उनले संगठन विस्तार गर्नमा पार्टीको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका पार्टी पंक्तिले निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
तरुण दलका जिल्ला अध्यक्ष अर्जुन कुमार यादवको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामकुमार यादव, संगठन विभाग प्रमुख बद्री महात्मान, मुस्लिम संघका महामन्त्री इरसाद अन्सारी, नेवि संघ सप्तरीका सभापति राकेश ठाकुर, नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, पार्टीका जिल्ला सदस्य शम्भुलाल देव, तरुण दलका जिल्ला सचिव रबिन्द्र गोइत सहितका वक्ताले तरुण दलको स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै तरुण दलको एतिहासिक पृष्ठभूमी र संगठन विस्तार बारे मन्तव्य राखेका थिए ।
तरुण दलले मनाए स्थापना दिवस
सारांश
- स्थापना दिवसको अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले नेपाली काँग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनमा तरुण दलको भूमिका कसैले पनि विर्सन नहुने बताए ।
- उनले सात दशकको इतिहास बोकेको तरुण दलले संगठन विस्तार गरि सक्रियताका साथ देश र जनताको सेवामा लाग्नु पर्ने उल्लेख गरे ।
- ‘नेपाली काँग्रेसमा पहिला जस्तै जोश ल्याउनु प¥यो, संगठन सुदृढ गर्दै जनताको अपेक्षा अनुसार अगाडी बढ्नु नितान्त आवश्यक छ’ सभापति साहले भने ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया