कैदी जिवन बिताइरहेका एक व्यक्तिको बन्यो सवारी चालक अनुमतिपत्र 

राजविराज राजविराज
|
बिहिबार, जेठ ११, २०८०
|
|
४४ पटक हेरिएको
Shares
कैदी जिवन बिताइरहेका एक व्यक्तिको बन्यो सवारी चालक अनुमतिपत्र 

सारांश

  • लाइसेन्स लिन आफै उपस्थित भएपनि स्वास्थ्य अवस्था ठिक र लिखित, मौखिक परिक्षा तथा ट्रायल परिक्षण लगायतका प्रक्रिया पुरा गरेपछि मात्र सवारी चालक अनुमती पत्र पाउने यातायात व्यवस्थाको ऐनमा उल्लेख छ ।
  •   कारागारमा जेल जिवन बिताइरहेका कैदीले यी प्रक्रिया कसरी पुरा गरे भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो ।
  • राजविराज कारागारमा जेल जीवन विताई रहेका सप्तरीको साविक कल्याणपुृर गाविस हाल जिल्लाकै खडक नगरपालिका ७ वस्ने मो.

दैनिक समाचारदाता
राजविराज, १० जेठ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल सजाय पाएका एक कैदीको सवारी चालक अनुमति पत्र बनेको खुलासा भएको छ । जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र (लाईसेन्स) बनेको खुलासा भएको हो । जबकी सवारी चालक अनुमति पत्र बनाउनका लागि आफै उपस्थित हुनुपर्ने प्रावधान रहेको छ ।  
लाइसेन्स लिन आफै उपस्थित भएपनि स्वास्थ्य अवस्था ठिक र लिखित, मौखिक परिक्षा तथा ट्रायल परिक्षण लगायतका प्रक्रिया पुरा गरेपछि मात्र सवारी चालक अनुमती पत्र पाउने यातायात व्यवस्थाको ऐनमा उल्लेख छ । 
कारागारमा जेल जिवन बिताइरहेका कैदीले यी प्रक्रिया कसरी पुरा गरे भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो । राजविराज कारागारमा जेल जीवन विताई रहेका सप्तरीको साविक कल्याणपुृर गाविस हाल जिल्लाकै खडक नगरपालिका ७ वस्ने मो.मन्जुर मियाँका २२ वर्षिय छोरा मो.सैयद मियाँले लाइसेन्स प्राप्त गरेका हुन् । 
अपहरण तथा शरिर बन्धक मुद्दामा उनी २०७४ बैशाख ५ गतेदेखी राजविराज कारागारमा छन् । तर, उनले २०७४ साल असार ३० गते सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट बस, ट्रक, लहरी (हैवी सवारी साधन) को सवारी चालक अनुमती पत्र प्राप्त गरेका छन् । 
उनको साथमा रहेको सवारी चालक अनुमती पत्रको सिरियल नम्बर ३९९०५६१ हो । लाइसेन्स नं.०२–००–११–३४ हो । लाईसेन्सको अवधी सकिने मिति २०७९ असार ३० गते हो । 
लाईसेन्समा उल्लेखित नागरिक्ता नं.१६१०७९÷३२२  र सैयद मियाँ संग रहेको नेपाली नागरिक्ताको नम्बर पनि एउटै हो । लाईसेन्स र नागरिक्ता दुबैमा बुवाको नाम मन्जुर मियाँ र ठेगाना कल्याणपुर उल्लेख छ ।
सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार दुर्गा प्रसाद साहको जाहेरीले चलाइएको अपहरण तथा शरीर बन्धक मुद्दामा मो.सैयद सहित २ जनालाई २०७४ साल बैशाख ५ गते पक्राउ गरी पुर्पक्षका लागी राजविराज कारागार चलान गरिएको थियो । 
त्यसपछी २०७५ साल फागुन १४ गते अदालतले मो.सैयद मियाँलाई ९ वर्ष कैद र ५० हजार रुपैया जरिवानाको पैmसला गरेको थियो । अदालतको आदेशमा जरिवाना रकम बुझाउन न सके सो वापत ५ महिना १६ दिन थप कैदमा राख्ने र कैद भुक्तान सकिने मिति २०८३ साल असोज २० गते रहेको समेत उल्लेख छ । 
सोही अनुसार उनी २०७४ बैशाख ५ देखि नै हाल सम्म कैद भुक्तानका लागी राजविराज कारागार मै छन । 
सवारी चालकको अनुमति पत्र बनाउनका लागी दलाल मार्फत रकम खुवाएर सहजै काम हुने गरेकाले उनले सोही जुक्तीको प्रयोग गरी लाईसेन्स निकाल्न सफल भएको श्रोतको दाबी छ । 
राजविराज कारागारका निमित्त जेलर राजकुमार बरालले निज हाल पनि कैद भुक्तानका लागी कारागार मै रहेको बताए । कैदमा रहेका व्यक्तीले सोही अवधीमा कसरी सवारी चालक अनुमती पत्र प्राप्त गरे भन्ने कुराले आफुलाई पनि चकित बनाएको उनले बताए । 
उनले कैदीबन्दीले आफन्तको मृत्यु संस्कार, गम्भीर प्रकृतिका उपचार तथा त्रिविविबाट लिने परिक्षामा सहभागी हुन प्रहरी निगरानीमा बाहिर जान पाउने व्यवस्था भएपनि सवारी चालक अनुमती पत्रका लागी बाहिर जान दिने कुनै व्यवस्था र सुविधा नरहेको स्पष्ट पारे ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
संचालनमा नआउँदै शौचालय प्रयोगविहीन
संचालनमा नआउँदै शौचालय प्रयोगविहीन
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ 
श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ 
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने