दैनिक समाचारदाता
राजविराज, १३ भदौ ।
राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई सामूहिक रूपमा दर खुवाएर सोमबार अधिकारकर्मीहरूले तीज मनाएका छन् ।
तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरू सँगै कारागारका कैदीबन्दी महिलाहरूले दर खाएर तीज मनाएका हुन् ।
कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तीजको खुशी साटासाट गरेको कारगार प्रमुख किशोर रामले जानकारी दिए ।
त्यसअघि कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै सृङ्गारका सामान प्रदान गरिएको हो ।
उक्त अवसरमा कारगारमा कार्यरत महिला कर्मचारी र महिला प्रहरीलाई समेत मिठाई र सृङ्गारका सामान प्रदान गरिएको छ । जम्मा १ सय ५५ क्षमता भएको कारागार माहाल १६ महिला, १ आश्रित बालक र ३ सय ७१ पुरुष कैदीबन्दी छन् ।
कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी गीता पाण्डे, पत्रकार पुनम पोखरेल, महिला शिक्षक रत्ना गुरुङ, मेचीमहाकाली बुहारी संयुक्त आवाजकी मीरा गुरुङ, सामाजिक कार्यकर्ता उमेश यादवलगायतको सहभागिता रहेको थियो ।
महिलाबन्दीहरूसँग अधिकारकर्मीहरूले तीज मनाए
सारांश
- तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरू सँगै कारागारका कैदीबन्दी महिलाहरूले दर खाएर तीज मनाएका हुन् ।
- कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तीजको खुशी साटासाट गरेको कारगार प्रमुख किशोर रामले जानकारी दिए ।
- त्यसअघि कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै सृङ्गारका सामान प्रदान गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया