दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
धनगढीमा जारी प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा प्रदेश २ ले जित हात पारेको छ ।
बुधवार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश २ ले गण्डकीलाई ७ बिकेट पराजित गरेको हो ।
टस जितेर गण्डकी प्रदेशले १७ ओभरमा सबै बिकेट गुमाई ३९ रन मै सिमित रहे । जसमा अन्जली बिश्वास १५ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन भने बाकी अतिरक्त १३ रन भएका थिए ।
बलिङतर्फ प्रदेश २ का संतोषी चौधरी ३, अनुराधा चौधरी २ तथा रोजी कडारी र सरस्वती चौधरी १÷१ बिकेट हात पारेकी थिइन् ।
जवाफमा ४० रनको लक्ष्य लिएर मैदानमा ओर्लेका प्रदेश २ ले १० ओभर ३ बल खेल्दै ३ बिकेटको क्षतिमा बिजयी हात पारेको थियो । टिमलाई जिताउन साना प्रविणले १३ रन जोडेकी थिइन् भने अर्का खेलाडी अनुराधा चौधरीले १२ रन जोडेकी थिइन् ।
खेलको प्लेयर अफ दि म्याच बिजय टिमकी अनुराधा चौधरी घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी
सारांश
- बुधवार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश २ ले गण्डकीलाई ७ बिकेट पराजित गरेको हो ।
- टस जितेर गण्डकी प्रदेशले १७ ओभरमा सबै बिकेट गुमाई ३९ रन मै सिमित रहे ।
- जसमा अन्जली बिश्वास १५ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन भने बाकी अतिरक्त १३ रन भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया