दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
रसायनिक मल कालोबजारी गरेको आरोपमा सप्तरी प्रहरीले एक सहकारी संस्थाका संचालकलाई पक्राउ गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ४५ बर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव स्थानिर जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक हुन् ।
नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल डिएपी कालोबजारी गरी बढी मूल्यमा बेच्नको लागि राखेको बिशेष सुराकीको आधारमा २ सय ४० बोरा मलसहित आईतबार नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।
ना.६ख.६२८४ नम्बरको ट्रकबाट ५० किलो तौल भएको १ सय ३० बोरा, ट्रकबाट अनलोड गरी जनता कृषि सहकारी संस्था लिमिटेडको गोदाममा राखेको १ सय १० बोरा जम्मा २ सय ४० बोरा मल र ट्रक सहित नियन्त्रमा लिएको उनले बताए ।
पक्राउ परेका यादवलाई कालोबजारी सम्बन्धी कसुरमा जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ४५ बर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो ।
- पक्राउ परेका यादव स्थानिर जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक हुन् ।
- नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल डिएपी कालोबजारी गरी बढी मूल्यमा बेच्नको लागि राखेको बिशेष सुराकीको आधारमा २ सय ४० बोरा मलसहित आईतबार नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया