कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै

राजविराज राजविराज
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२६ पटक हेरिएको
Shares
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै

सारांश

  •     सोमबारदेखी राजविराजमा सुरु भएको तीन दिने “आधारभुत विद्यालयको शिक्षा उत्थान सम्बन्धि अभिमुखीकरण” कार्यक्रममा यस्तो जानकारी गराइएको छ ।
  •       परियोजना संचालनको पुर्व तयारी स्वरुप शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको शिक्षा मानव विकास श्रोत केन्द्रको आयोजना, जिल्ला समन्वय समितीको समन्वय तथा जाइकाको सहयोगमा उक्त अभिमुखीकरण सुरु गरिएको हो ।
  •       कक्षा ३ सम्मका विद्यार्थीहरु बढीजसो गणित विषयमा कमजोर देखिएकाले गणित विषयलाई बढी प्राथमिक्तमा राखी पाँच वर्षे परियोजना संचालनमा ल्याउन लागिएको र यसले अन्य विषय संगै गणित विषयको पढाइस्तर उकास्न समेत ठूलो मदत पुग्ने परियोजनका प्रमुख अधिकृत विष्णु प्रसाद आर्चायले बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ भदौं । 

    सप्तरी जिल्लाको १८ वटै पालिकामा कक्षा ३ सम्मका विद्यार्थीलाई लक्षित गर्दै पाँच वर्षे जाइका आइबिएसई परियोजना संचालनमा आउने भएको छ ।  जापानी सहयोगि संस्था जाइकाको सहयोग तथा शिक्षा विज्ञान प्रविधि मन्त्रालयको समन्वयमा सो परियोजना संचालनमा आउने भएको हो । 
    सोमबारदेखी राजविराजमा सुरु भएको तीन दिने “आधारभुत विद्यालयको शिक्षा उत्थान सम्बन्धि अभिमुखीकरण” कार्यक्रममा यस्तो जानकारी गराइएको छ । 
    परियोजना संचालनको पुर्व तयारी स्वरुप शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको शिक्षा मानव विकास श्रोत केन्द्रको आयोजना, जिल्ला समन्वय समितीको समन्वय तथा जाइकाको सहयोगमा उक्त अभिमुखीकरण सुरु गरिएको हो । 
    कक्षा ३ सम्मका विद्यार्थीहरु बढीजसो गणित विषयमा कमजोर देखिएकाले गणित विषयलाई बढी प्राथमिक्तमा राखी पाँच वर्षे परियोजना संचालनमा ल्याउन लागिएको र यसले अन्य विषय संगै गणित विषयको पढाइस्तर उकास्न समेत ठूलो मदत पुग्ने परियोजनका प्रमुख अधिकृत विष्णु प्रसाद आर्चायले बताए । 
    उनले जापानको सहयोगि संस्था जाईकाको सहयोग र शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको समन्वयमा हाल मुलुकको सप्तरीका साथै धादिङ, स्याङजा, कपिलवस्तु, दैलेख र कंचनपुर लगायत सात स्थानमा परियोजना संचालन हुने बताए । 
    शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको मानव विकास श्रोत केन्द्रकी शाखा अधिकृत मुक्ता देवी पोखरेलले पाँच वर्षे जाईका आईविएसइ परियोजना प्रभावकारी ढंगले संचालन र कार्यान्वयनका लागी जिल्लाको १८ वटै पालिकाका शिक्षा शाखा प्रमुख तथा सरोकारवालालाई सहभागिता गराएर अभिमुखीकरण कार्यक्रम चलाइएको बताईन । उनले परियोजना अन्तर्गत विद्यार्थी मात्रलाई नभई गणित विषय पढाउने शिक्षक समेतलाई दक्ष बनाउन विभिन्न प्रयासहरु गरिने बताईन । उनले परियोजनाको उदेश्य बमोजिम काम भए नभएको बेला बेलामा अनुगमन गरिने समेत बताईन । 
    जडैदेखी गणित विषयको सिकाई, अध्यन र अध्यापनलाई बलियो बनाउने उदेश्यले कक्षा १, २ र ३ का विद्यार्थीलाई लक्षित गरी परियोजना संचालनमा ल्याइएको जापानी सहयोगि संस्था जाईका तथा अन्तराष्ट्रिय विकास केन्द्र जापानको समाजिक विकास शाखाका सिनीय रिर्सचर एतसुसि तेसकुइले बताए । श्रब्य दृश्य समाग्री मार्फत समेत सहभागीहरुलाई परियोजनाको उदेश्य र कार्यान्वय पक्षबारे स विस्तार जानकारी दिएका उनले शैक्षिक क्षेत्रमा सुधारका लागी ल्याइएको कार्यक्रम सफल बनाउन सबै मिलेर सहयोग गर्नू पर्नेमा जोड दिए । 
    जिल्ला समन्वय सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, सप्तरीका प्रमुख विजय कुमार मण्डल, स्थानीय शिक्षा इकाई संयोजक श्रीलाल सरदार, राजविराज नगरपालिका शिक्षा शाखाका प्रतिनीधी भगवती विश्वकर्मा, शम्भुनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर विक्रम थापा, महदेवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख देव कुमार यादव, जाईकाका जिल्ला संयोजक उमेश कुमार साह लगायतले जाईका आईबीएसइ परियोजना प्रभावकारी संचालनका लागी आ–आफ्नो सुझाव राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त 
सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त 
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण 
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण 
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
अनुदानका च्यापकटर मेशिन बितरण
अनुदानका च्यापकटर मेशिन बितरण
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना
मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न