जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता

राजविराज राजविराज
|
बिहिबार, आषाढ ९, २०७९
|
|
२५ पटक हेरिएको
Shares
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता

सारांश

  •     केन्द्रीय सहमति र गठबन्धन विपरीतको तालमेल गरि बिहीबार विभिन्न दलले जिल्ला समन्वय समितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
  •       जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसहित ९ पदका लागि हुने निर्वाचनमा १२ मत रहेको नेपाली काँग्रेसले ५ मत रहेको लोसपा, ३ मत रहेको जनमत तथा २÷२ मत रहेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत (समाजवादी) सँग तालमेल गरि प्यानल बनाएर मनोनय पत्र दर्ता गराएका छन् ।
  •       नेपाली काँग्रेसले प्रमुखसहित ३ पद लिएका छन् भने लोसपाले उपप्रमुखसहित २, जनमतले २ तथा नेकपा एस र माओवादी केन्द्रले एक÷एक सिट बाडेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ असार । 
    जिल्ला समन्वय समिति सप्तरीको असार १२ गते हुने पदाधिकारीको निर्वाचनमा नेपाली काँग्रेसबाट दुई जनाको प्रमुख पदमा मनोनयन दर्ता भएको छ भने जसपाबाट एक जनाको उम्मेदवारी परेको छ । 
    केन्द्रीय सहमति र गठबन्धन विपरीतको तालमेल गरि बिहीबार विभिन्न दलले जिल्ला समन्वय समितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । 
    जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसहित ९ पदका लागि हुने निर्वाचनमा १२ मत रहेको नेपाली काँग्रेसले ५ मत रहेको लोसपा, ३ मत रहेको जनमत तथा २÷२ मत रहेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत (समाजवादी) सँग तालमेल गरि प्यानल बनाएर मनोनय पत्र दर्ता गराएका छन् । 
    नेपाली काँग्रेसले प्रमुखसहित ३ पद लिएका छन् भने लोसपाले उपप्रमुखसहित २, जनमतले २ तथा नेकपा एस र माओवादी केन्द्रले एक÷एक सिट बाडेका छन् । यस प्यानलबाट नेपाली काँग्रेसका गुन्जेश्वर प्रसाद सन्त र शिवनारायण साह दुबैले प्रमुख पदमै उम्मेदवारी दिएका छन । 
    यस्तै जसपा–नेकपा (एमाले) गठबन्धनबाट जसपाका छेदी अरगरिया यादवले प्रमुख पदमा मनोनयन पत्र दर्ता गराएका छन् । उक्त गठबन्धनबाट उपप्रमुख पदमा एमालेका देवकान्त चौधरीले मनोनयन पत्र दर्ता गराएका छन् । जसपासँग ८ र नेकपा एमालेसँग ४ मत रहेको छ । १८ पालिका रहेको सप्तरीमा कुल ३६ मतदाता छन् । 
    जता काँग्रेसबाट प्रमुख पदमा दुई जनाले उम्मेदवारी दिएपछि पार्टी भित्रै आन्तरिक बिवाद सुरू भएको छ । काँग्रेसका जिल्ला सभापति रामदेव साहले आधिकारीक उम्मेदवार शिव नारायण साह नै रहेकोले नाम सिफारिस गरी प्रमुख पदमा मनोनयन दर्ता गराएको बताएका छन् भने केन्द्रीय सदस्य दिनेश यादबले जिल्ला समितिको बहुमत सदस्य तथा नेपाली काँग्रेसको सिफारिसमा गुन्जेश्वर प्रसाद सन्तले प्रमुख पदमा मनोनयन पत्र दर्ता गराएको दाबी गरेका छन् । 
    मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने तीन वटै प्रमुख पदका उम्मेदवारको मनोनयन पत्र दर्ता गरेको छ । यद्दपी निर्वाचन कार्यालयले जारी गरेको मनोनयन पत्र दर्ता नामावली सुचीमा काँग्रेसको तर्फवाट शिव नारायण साहको नाम राखिएको छ भने गुन्जेश्वर प्रसाद सन्तको नाम प्रबिष्ट हुन बाकीमा उल्लेख गरिएको छ । 
    जसपाका जिल्ला अध्यक्ष केदार यादवले लोसपाले आफ्नो गठबन्धनमा सहभागि हुने लिखित सम्झौता गरे पनि अन्तिम क्षणमा आएर काँग्रससँग मिलि धोखा दिएको बताए । लोसपाका जिल्ला अध्यक्ष सुनिल झाले त्यस्तो कुनै सम्झौता नगरेको दाबी गर्दै भने, जसले सम्मानजनक स्थान दियो उत्तै जाने निर्णय गरेका हौं । 
    उम्मेदवारी दर्तासँगै एक दलले अर्को दलको मत आफ्नो पक्षमा तान्न कसरत सुरु गरेका छन् । जातिय नारादेखी अन्य सबै श्रोतसाधन र शक्तिको प्रयोग गरि मतदातालाई आफुतिर तान्न सबै दल र उम्मेदवार सक्रिय भएका छन् । 
    जितका लागि कुल १९ मत चाहिएकोमा अन्तरघात नभए काँग्रेस, लोसपा, जनमत, नेकपा एस र माओवादी केन्द्र सम्मिलित गठबन्धनले सजिलै जित हात पार्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण
मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
पोखरीमा डुबेर १२ महिनामा १२ बालबालिकासहित २२ जनाले ज्यान गुमाए
पोखरीमा डुबेर १२ महिनामा १२ बालबालिकासहित २२ जनाले ज्यान गुमाए
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
हावाहुरीबाट एघार व्यक्तिको घरमा क्षति 
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह
बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ