सप्तरीका ९० परिवार सम्पर्कविहीन 

राजविराज राजविराज
|
आइतबार, जेठ १२, २०७६
|
|
१८ पटक हेरिएको
Shares
सप्तरीका ९० परिवार सम्पर्कविहीन 

सारांश

  •     आपत्तकालिन बचाऊका लागि नगरपालिकाद्वारा राखिएको दुई थान ढुंगासहित करिब आधा दर्जन ढुंगाहरु समेत पानीले बगाएर लगेको साहले जानकारी दिएका छन् ।
  • यसका अतिरिक्त गाउँलेहरुले घरआंगनमा राखेको काठ, दाउराका साथै केही पशुचौपायसमेत पानीको बेगले बगाएर लगेको प्रमुख साहले जानकारी दिएका छन् ।
  •       सम्पर्क बिहीन भएकाहरुसँग सम्पर्कको प्रयास गरिरहेका छौं, प्रमुख साहले भने, “तर, नदीको बहावले सिंगो बस्ती नै घेरिएपछि सम्पर्कको प्रयास असफल भएको छ ।

    राजविराज÷वर्षायाममा पानीको मुहान नै थुन्ने गरि भारतीय पक्षले एकतर्फ रुपमा बनाउने बाँधका कारण जिल्लाको विभिन्न भुभाग डुवानमा पर्ने गरेको समस्या समाधान हुन नपाउँदै पुनः त्यस्तै प्रकृतिको व्यवहारले हनुमाननगर कांकालिनी नगरपालिकाको ९० परिवार सम्पर्क बिहीन भएका छन् । 
    पछिल्लो पटक कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोशी नदीमा बनाएको प्यालट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा हनुमाननगर कंकालनी नगरपालिका १२ गोबरगाढा गाउँका ९० परिवार सम्पर्क बिहीन भएका छन् । 
    हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहका अनुसार उक्त बस्तीको पश्चिमतर्फबाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो । उक्त च्यानलमा पानी छोड्दा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्नेमा भारतीय पक्षले सो बारे कुनै जानकारी नै नगराई एक्कासी पानी छोडेपछि त्यस क्षेत्रका बासिन्दाको यस्तो हाल भएको हो । 
    आपत्तकालिन बचाऊका लागि नगरपालिकाद्वारा राखिएको दुई थान ढुंगासहित करिब आधा दर्जन ढुंगाहरु समेत पानीले बगाएर लगेको साहले जानकारी दिएका छन् । यसका अतिरिक्त गाउँलेहरुले घरआंगनमा राखेको काठ, दाउराका साथै केही पशुचौपायसमेत पानीको बेगले बगाएर लगेको प्रमुख साहले जानकारी दिएका छन् । 
    सम्पर्क बिहीन भएकाहरुसँग सम्पर्कको प्रयास गरिरहेका छौं, प्रमुख साहले भने, “तर, नदीको बहावले सिंगो बस्ती नै घेरिएपछि सम्पर्कको प्रयास असफल भएको छ ।” उनले यस्तै अवस्था जारि रहे स्थिति झन विकराल हुने अवस्था देखिएको बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति
प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र