जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि

राजविराज राजविराज
|
मंगलबार, आश्विन २, २०८०
|
|
८२ पटक हेरिएको
Shares
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि

सारांश

  •     नेपाली काँग्रेस सप्तरीले जिल्ला पार्टी कार्यालयमा एक विचार गोष्ठिको आयोजना गरि सो दिवस मनाएको हो ।
  •       आयोजित गोष्ठीका वक्ताहरुले गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष र जनआन्दोलनमा निर्वाह गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।
  •        नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएको बताउँँदै वक्ताहरुले विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेका आग्रहलाई उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेको स्मरण गराए ।

दैनिक समाचारदाता
राजविराज, २ असोज ।  
 
    प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइएको छ । 
    नेपाली काँग्रेस सप्तरीले जिल्ला पार्टी कार्यालयमा एक विचार गोष्ठिको आयोजना गरि सो दिवस मनाएको हो । 
    आयोजित गोष्ठीका वक्ताहरुले गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष र जनआन्दोलनमा निर्वाह गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।   
    नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएको बताउँँदै वक्ताहरुले विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेका आग्रहलाई उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेको स्मरण गराए । 
    नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षता तथा मधेश प्रदेशका सहमहामन्त्री बिन्दु यादवको प्रमुखआतिथ्यमा आयोजित विचार गोष्ठिमा उपसभापति रामकुमार यादव, प्रेस युनियन सप्तरीका सभापति बिनय कुमार लाल कर्ण लगायतले मन्तब्य राखेका थिए । 
    विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन विरुद्धको अभियानमा आफूलाई सक्रिय बनाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन
सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन
सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
पोखरीमा डुबेर  नाबालकको मृत्यु
पोखरीमा डुबेर  नाबालकको मृत्यु
लागु औषधसहित तीन पक्राउ
लागु औषधसहित तीन पक्राउ