राजविराज÷जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह लगायत अन्य विभिन्न आन्दोलनहरुले ल्याएको उपलब्धी संस्थागतका लागि अझैं संघर्षको आवश्यकतामा जोड दिएका छन् ।
शुक्रवार राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मधेश विद्रोह लगायत त्यसका पुरक आन्दोलनले मधेशीलाई अधिकार त दिलायो तर, अझैं पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ ।’ उनले भने अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने जिकिरका साथ उनले अहिले पनि आफु मधेशलाई आधारभूमी बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्पसंख्यकको अधिकारका लागि प्रयत्नशील रहेको बताए ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले संघीयता र गणतन्त्र जस्ता उपलब्धी हासिल भए पनि तराई मधेशमा जनसंख्याको अनुपातमा बजेट नदिईने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै ५३ प्रतिशत जनसंख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भईरहेको बताए ।
मुलुकमा सात प्रदेशहरुमध्ये पहिचानका आधारमा एक मात्र मधेश प्रदेश बन्नु आफुहरुको लागि गौरबको विषय रहेको उनको कथन थियो । सप्तरीमा शिक्षा र स्वास्थ्य क्षेत्र हबको रुपमा अघि बढेको बताउँदै अध्यक्ष यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, कृषि विश्व विद्यालय, नर्सिङ्ग कलेज लगायतको काम पुरा भएपछि जिल्लामा विकासले गति लिने दावी दोहर्याए ।
जिल्लामा रहेको औद्योगिक क्षेत्रको पूर्ण क्षमताका साथ सञ्चालन तथा औद्योगिक वातावरणका लागि भारतीय सिमावर्ती क्षेत्र न्यौरदेखि सप्तरीको राजविराज हुँदै गाईघाट सोलु जोड्ने सडक निर्माणको काम अगाडि बढिसकेको उनले जानकारी दिए ।
आन्दोलनहरुले ल्याएको उपलब्धी संस्थागतका लागि अझैं संघर्ष आवश्यक रहेको उपेन्द्र यादवको भनाई
सारांश
- सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले संघीयता र गणतन्त्र जस्ता उपलब्धी हासिल भए पनि तराई मधेशमा जनसंख्याको अनुपातमा बजेट नदिईने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै ५३ प्रतिशत जनसंख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भईरहेको बताए ।
- मुलुकमा सात प्रदेशहरुमध्ये पहिचानका आधारमा एक मात्र मधेश प्रदेश बन्नु आफुहरुको लागि गौरबको विषय रहेको उनको कथन थियो ।
- सप्तरीमा शिक्षा र स्वास्थ्य क्षेत्र हबको रुपमा अघि बढेको बताउँदै अध्यक्ष यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, कृषि विश्व विद्यालय, नर्सिङ्ग कलेज लगायतको काम पुरा भएपछि जिल्लामा विकासले गति लिने दावी दोहर्याए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया