दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजपा नेपालका सप्तरीका उपाध्यक्ष निरज मुक्तिले उपभोक्ता समितिले निकाशा नपाएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको लेखा शाखा तथा फागुन ११ देखि सम्पुर्ण कार्यालयमा गरिएको तालावन्दीका कारण गाउँपालिका कार्यालय ठप्प रहेको बताएका छन् ।
उपाध्यक्ष मुक्तिद्वारा मंगलबार जारि प्रेस विज्ञप्तिमा तालावन्दीका कारण गाउँपालिका कार्यालयवाट प्रवाह हुने दैनिक काम काजहरु प्रभावित भइरहेको अवस्थामा गाउँपालिका कार्यालय, जिम्मेवार जनप्रतिनिधि, स्थानिय प्रशासन लगायतका सम्बन्धीत पक्षहरु तालावन्दी खोलाउने तर्फ अझै पहल गर्न नसकेको उल्लेख गरेका छन् ।
गाउँपालिकाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरुले तालाबन्दी खोलउनेतर्फ चासो देखाई समस्या समाधान प्रति ध्यानाकर्षणका लागि अनुरोध समेत विज्ञप्तिमार्फत गरेका छन् ।
जारि विज्ञप्तिमा कार्य सम्पादनको सन्दर्भमा देखिएका समस्या र चुनौतीहरुको निदानका निम्ती आपसी सहकार्य र समन्वयको खाँचो देखिएको परिवेशमा सम्बद्ध पक्षहरु एक अर्का माथि दोषारोपण गर्दै हिड्नु उपयुक्त नभएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “कार्यालयमा रहेको तालावन्दी खोलाउनका निम्ती पहल गर्न तिलाठी कोईलाडी गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि, जिम्मेवार कर्मचारी वर्ग, जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला समन्वय समिति लगायत सम्बन्धीत सम्पुर्ण पक्षहरुलाई गम्भीरताका साथ तदारुकता देखाउन यसै प्रेस विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौ ।”
गाउँपालिकाको तालाबन्दी खोलाउन सम्बन्धीत पक्षहरुसँग अनुरोध
सारांश
- उपाध्यक्ष मुक्तिद्वारा मंगलबार जारि प्रेस विज्ञप्तिमा तालावन्दीका कारण गाउँपालिका कार्यालयवाट प्रवाह हुने दैनिक काम काजहरु प्रभावित भइरहेको अवस्थामा गाउँपालिका कार्यालय, जिम्मेवार जनप्रतिनिधि, स्थानिय प्रशासन लगायतका सम्बन्धीत पक्षहरु तालावन्दी खोलाउने तर्फ अझै पहल गर्न नसकेको उल्लेख गरेका छन् ।
- गाउँपालिकाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरुले तालाबन्दी खोलउनेतर्फ चासो देखाई समस्या समाधान प्रति ध्यानाकर्षणका लागि अनुरोध समेत विज्ञप्तिमार्फत गरेका छन् ।
- जारि विज्ञप्तिमा कार्य सम्पादनको सन्दर्भमा देखिएका समस्या र चुनौतीहरुको निदानका निम्ती आपसी सहकार्य र समन्वयको खाँचो देखिएको परिवेशमा सम्बद्ध पक्षहरु एक अर्का माथि दोषारोपण गर्दै हिड्नु उपयुक्त नभएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया