युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  

राजविराज राजविराज
|
मंगलबार, मंसिर २७, २०७९
|
|
४८ पटक हेरिएको
Shares
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  

सारांश

  •     किराना पसलको अनुमति लिएर मलखादको अवैध कारोबार तथा कालोबजारी गर्ने गरेको आरोपमा राजबिराज नगरपालिका वडा नं.
  • १० दिघवा निवासी १९ वर्षिय राज कुमार दास रहेका छन् ।
  •     उनले संचालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा बिक्रि गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 

    मलखाद भण्डारण गरि नेपाल सरकारले तोकेको मुल्य भन्दा बढी मुल्यमा बिक्रि गरिरहेको आरोपमा प्रहरीले एक किराना पसल संचालकलाई पक्राउ गरेको छ । 
    किराना पसलको अनुमति लिएर मलखादको अवैध कारोबार तथा कालोबजारी गर्ने गरेको आरोपमा राजबिराज नगरपालिका वडा नं. १० दिघवा निवासी १९ वर्षिय राज कुमार दास रहेका छन् ।
    उनले संचालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा बिक्रि गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । 
    पसलमा खानतलासी गर्दा किराना आईटमहरु संग संगै नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ती मल लेखिएको ५० के.जी.को युरियाको बोरा ३५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । 
    यता पक्राउ परेका दासलाई कालो बजार अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराई पहिलो पटक सात दिनको म्याद थप गराई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?