प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार

राजविराज राजविराज
|
बुधबार, श्रावण २१, २०८२
|
|
२५ पटक हेरिएको
Shares
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार

सारांश

  •     मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा मंगलबारराति प्रहरीले गोली चलाउँदा राजगढ गाउँपालिका २ कमलपुरका ३६ वर्षीय लालु यादवको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
  • उनी सो पालिका स्थित श्री खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत हुन ।
  •       यादवको मृत्यु भएको विरोधमा स्थानीयहरु जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी बुधबार बिहानैदेखी प्रदर्शनमा उत्रिएपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले साँझ अश्रु ग्यास प्रहार गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २१ साउन ।

    प्रदर्शनकारीको भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
    मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा मंगलबारराति प्रहरीले गोली चलाउँदा राजगढ गाउँपालिका २ कमलपुरका ३६ वर्षीय लालु यादवको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । उनी सो पालिका स्थित श्री खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत हुन । 
    यादवको मृत्यु भएको विरोधमा स्थानीयहरु जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी बुधबार बिहानैदेखी प्रदर्शनमा उत्रिएपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले साँझ अश्रु ग्यास प्रहार गरेको हो ।
    प्रर्दशनकारीले लाइसेन्स लिएर कारोबार गर्ने लालुको मदिरा प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आपत्ती जनाउँदा गोली प्रहार गरी हत्या गरिएको दाबी गरेका छन् । 


    स्थानीयहरुले व्यक्तिलाई नियन्त्रणमा लिने अवस्था हुँदाहुँदै पनि प्रहरीले गोली चलाएर ज्यान लिएको आरोप लगाउँदै घट्नाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका छन् । माग सम्बोधन नभए सम्म पोस्टमार्टमका लागी स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको यादवको शव नबुझ्ने परिवारजनको अडान छ । 
    प्रदर्शनकारी र प्रहरीबीच स्थिति तनावपूर्ण बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् । प्रदर्शनकारीको ढुङ्गामुढाबाट ६ जना प्रहरी सामान्य घाईते भएको उनले जानकारी समेत दिए । 
    प्रहरीका अनुसार मंगलवार राती ११ बजेतीर भारततर्फ मदिरा तस्करी भइरहेको गोप्य सुचनाका आधारमा पुगेका प्रहरी टोलीलाई तस्करी हुन लागेको मदिरा नियन्त्रणमा लिन खोज्दा अवरोध, ढुंगामुढा र प्रहरी टोलीमाथी नै आक्रमणको प्रयास हुन थालेपछी आत्मरक्षाका लागी गोली चलाइएको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जीतेन्द्र कुमार वस्नेतका अनुसार सुरुमा तीन राउण्ड हवाय फायर गर्दा पनि तस्कर टोली पछी नहटेर तस्करीका सामान लिन नदिई आक्रमणमा उत्रेपछी चलाइएको चौथो गोली यादवको तिघ्रामा लागेको र तस्करको आक्रमणबाट प्रहरी सहायक हबल्दार सिकेन्द्र थारु पनि घाईते भएपछी बाध्य भएर आत्मरक्षाका लागी गोली चलाउनु परेको दाबी गरे ।
    भारततर्फ तस्करी प्रयोजनका लागी राखिएको मदिरा हामीले जफत गरेर लैजान्छै भन्दा पनी नमानेको र प्रहरीलाई घेरामा हालेर अवरोध मात्र नगरी तस्करबाट आक्रमण हुन थालेपछि गोली चलाउने अवस्था सिर्जना भएको उनको दाबी छ । 
    तिघ्रामा गोली लागेर घाइते भएका यादवको स्थानीय गजेन्द्रनारायण सिह अस्पताल पु¥याउँदा उपचारको क्रममा मृत्यु भएको उनको भनाई छ । प्रहरीले ८० कार्टुन विभिन्न ब्राण्डका मदिरा समेत नियन्त्रणमा लिएको छ । 
    यता उद्योग बाणिज्य संघ सप्तरीले उक्त घटनाको बिरोध गर्दै सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माग गर्दै बुधबार नै प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।  
    उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा मृतक मदिरा व्यवसायी भएको तथा उनको गोदाममा राखिएको बैध सरसामानलाई प्रहरीले बल प्रयोग गरि जबरजस्ती लान खोजेको उल्लेख छ । सबै बिल, बिजक र प्रमाण हुँदा हुँदै प्रहरीले गोदाममा राखिएका मदिराहरु जरबजस्ति लान खोज्दा आपत्ति जनाउने क्रममा प्रहरीबाट अचानक गोली चलाइएको ज्ञापन पत्रमा उल्लेख गर्दै घटनाको उचित छानबिन गरि दोषिमाथी कडा कारवाहीको माग गरिएको छ । 
    यसैबीच राजगढ गाउँपालिकाका राजनीतिक दलहरुको एक भेलाले बुधबार लालुको मृत्युको विरोधमा विभिन्न मागहरु राख्दै संघर्ष समिति गठन गरेको छ ।
    नेपाली काँग्रेसका राजगढ गाउँपालिका सभापति दिपेन्द्र कुमार यादवको संयोजकत्वमा त्यहाँका सबै दलका प्रतिनित्व हुने गरी सर्वदलिय संघर्ष समिति गठन गरिएको हो । राजगढ घट्नाको निष्पक्ष छानविन, जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक विरेन्द्र कुमार यादव र घट्ना संलग्न दोषी प्रहरीलाई निलम्बन सहितको कारबाही, मृतक लालुलाई शहिद घोषणा सहितको क्षतिपुर्ती दिनुपर्ने र राजगढका जनताको शान्ति सुरक्षाको माग अघि सारिएको संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैदेशिक रोजगारीमा गएका सप्तरीका  १ सय ४२ जनाले ज्यान गुमाए
बैदेशिक रोजगारीमा गएका सप्तरीका  १ सय ४२ जनाले ज्यान गुमाए
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता 
क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता