संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा

राजविराज राजविराज
|
शनिबार, श्रावण २८, २०७९
|
|
५७ पटक हेरिएको
Shares
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा

सारांश

  •     मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघ सरकारले प्रहरी समायोजनमा गम्भीर नभएको भन्दै शनिवार पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
  •     आन्दोलनका कार्यक्रम अनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने रहेको छ ।
  • मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने धर्ना कार्यक्रममा मधेस प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाज, वुद्धिजीवी लगायतका व्यक्तिहरुको सहभागिता रहने छ ।

दैनिक समाचारदाता
जनकपुर, २८ साउन । 

    मधेश प्रदेश सरकारले आइतबारदेखी संघ सरकारबिरुद्ध आन्दोलन गर्ने भएको छ । प्रहरी समायोजनमा गम्भीरता नदेखाएको भन्दै प्रदेश सरकारले आन्दोलनको घोषणा गरेको हो ।
    मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघ सरकारले प्रहरी समायोजनमा गम्भीर नभएको भन्दै शनिवार पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
    आन्दोलनका कार्यक्रम अनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने रहेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने धर्ना कार्यक्रममा मधेस प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाज, वुद्धिजीवी लगायतका व्यक्तिहरुको सहभागिता रहने छ ।
    धर्ना कार्यक्रम एक सातासम्म चल्ने र त्यसपछि पनि संघ सरकार गम्भीर नभए दोस्रो चरणका आन्दोलन घोषणा गर्ने मन्त्री साहले बताए । 
    उनले गठबन्धनमा रहेका केही दल संघीयता विरोधी रहेको र उनीहरू संघीयता सबल नहोस् भन्ने चाहेकाले प्रहरी समायोजना गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाए ।
    प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाइसकेको र त्यसपछि प्रदेश प्रमुख मार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताउँदै उनले संघीय सरकारले वास्ता नगरेपछि बाध्य भएर धर्ना दिन लागिएको जानकारी दिए । 
    यसअघि साउन २२ गते प्रहरी समायोजन गर्न मधेश प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षणपत्र बुझाएको थियो । 
    गृह तथा सञ्चारमन्त्री साहले संघीय संसदबाट पारित भएको प्रहरी कर्मचारी समायोजन ऐन २०७६ एवं नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी ऐन २०७६ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेकाले शीघ्र रुपमा प्रहरी समायोजन हुनुपर्ने बताए । 
    संविधानको धारा २६८ ले प्रदेश प्रहरीको संगठन व्यवस्थापन गरेको तथा संविधानकै अनुसूची ६ को क्रम सख्या १ मा शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूचीभित्र उल्लेख रहेकाले संविधानको कार्यान्वयन तथा प्रदेशमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि चुनाव अगाडि नै प्रहरी समायोजन हुनु पर्ने माग गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 
भुमि समस्या समाधान आयोगले निस्सा बितरण  र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
भुमि समस्या समाधान आयोगले निस्सा बितरण  र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
सप्तरीकै सर्वाधिक पुरस्कार राशीको बिजेता बन्यो बजाज खडक वारिर्यस
सप्तरीकै सर्वाधिक पुरस्कार राशीको बिजेता बन्यो बजाज खडक वारिर्यस
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु 
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु 
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
स्वतन्त्र सांसद सिंह जसपामा प्रवेश
स्वतन्त्र सांसद सिंह जसपामा प्रवेश
प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री आउने