दैनिक समाचारदाता
राजबिराज १५, मंसिर ।
प्रदेश २ का उपसभामुख उपमा देवले राजविराजस्थित राजदेबी पोखरी महाडको सोमबार स्थलगत अवलोकन गरेकी छिन् ।
स्थलगत अवलोकन गर्ने क्रममा उनले अतिक्रमित बाटो हटाई पोखरीको जिर्णउद्वार गर्दै वरिपरीको बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
राजबिराज वडा नं. २ स्थित राजदेबी पोखरी महाडको बरिपरिको बाटोमा आरसिसी ढलान तथा नाला निर्माणका लागि आउने आर्थिक बर्षमा प्रदेश संसदीय कोष मध्ये ५० लाख रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
सो अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले पोखरी महाडको अतिक्रमित बाटोलाई हटाई बाटो निर्माण गर्न नगरपालिका हरसम्भव सहयोग गर्ने बताईन ।
उक्त बोटो फराकिलो नहुदाँ त्यस क्षेत्रका स्थानियहरूलाई आवतजावत गर्न समस्या हुनुका साथै बिरामीलाई अस्पताल सम्म ल्याउन एम्बुलेन्स बाटोमा छिर्न नसक्दाँ बिरामीलाई अस्पताल पु¥याउन समस्या उत्पन्न हुने गरेको स्थानिय मंजरी झाले दुखेसो पोखिन ।
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका लागि पहल गर्ने ः उपसभामुख देव
सारांश
- स्थलगत अवलोकन गर्ने क्रममा उनले अतिक्रमित बाटो हटाई पोखरीको जिर्णउद्वार गर्दै वरिपरीको बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
- राजबिराज वडा नं.
- २ स्थित राजदेबी पोखरी महाडको बरिपरिको बाटोमा आरसिसी ढलान तथा नाला निर्माणका लागि आउने आर्थिक बर्षमा प्रदेश संसदीय कोष मध्ये ५० लाख रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया