पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग

राजविराज राजविराज
|
बिहिबार, श्रावण २४, २०८१
|
|
२५ पटक हेरिएको
Shares
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग

सारांश

  •     महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारि विज्ञप्तिमा सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न माग राखी स्थानीय बासिन्दा र उक्त पालिकाका बहुमत जनप्रतिनिधिले गरिरहेका चरणवद्ध आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि पालिका अध्यक्ष ओमप्रकाश मण्डलले गरेको दुव्र्यवहार र समाचार संकलनमा गरिएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।
  •     विज्ञप्तिमा समाचार संकलनका लागि उक्त गाउँपालिका पुगेका महासंघ सप्तरीका सचिव एवं कान्तिपुर टेलिभिजनका सम्वाददाता रामनारायण विश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता, सदस्य विद्यानन्द रामलगायतलाई पालिका अध्यक्ष मण्डलको प्रत्यक्ष संलग्नतामा दुव्र्यवहार र समाचार संकलनमा अवरोध गरिएको जनाइएको छ ।
  •       विज्ञप्तिमा भनिएको छ, “पत्रकारको परिचय दिँदादिँदै गापा अध्यक्ष मण्डलले ‘मेरो अनुमती बिना यो कार्यालय कसरी प्रवेश गरेको यो अफिसको मालिक म हो, मेरो आदेशबिना केही हुँदैन, मेरो आदेश बिना हाकिमको कार्यकक्ष किन प्रवेश गरेको’ भन्दै जंगिदै कुटपिटको प्रयाससमेत गर्नुका साथै उनका समर्थकहरुले कान्तिपुर टेलिभिजनको माइक खोसेर तीनैजना पत्रकारलाई करिब १० मिनेट थुनेर राखिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।

    समाचार संकलनका क्रममा सप्तरीमा पत्रकारमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । 
    महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारि विज्ञप्तिमा सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न माग राखी स्थानीय बासिन्दा र उक्त पालिकाका बहुमत जनप्रतिनिधिले गरिरहेका चरणवद्ध आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि पालिका अध्यक्ष ओमप्रकाश मण्डलले गरेको दुव्र्यवहार र समाचार संकलनमा गरिएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।
    विज्ञप्तिमा समाचार संकलनका लागि उक्त गाउँपालिका पुगेका महासंघ सप्तरीका सचिव एवं कान्तिपुर टेलिभिजनका सम्वाददाता रामनारायण विश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता, सदस्य विद्यानन्द रामलगायतलाई पालिका अध्यक्ष मण्डलको प्रत्यक्ष संलग्नतामा दुव्र्यवहार र समाचार संकलनमा अवरोध गरिएको जनाइएको छ । 
    विज्ञप्तिमा भनिएको छ, “पत्रकारको परिचय दिँदादिँदै गापा अध्यक्ष मण्डलले ‘मेरो अनुमती बिना यो कार्यालय कसरी प्रवेश गरेको यो अफिसको मालिक म हो, मेरो आदेशबिना केही हुँदैन, मेरो आदेश बिना हाकिमको कार्यकक्ष किन प्रवेश गरेको’ भन्दै जंगिदै कुटपिटको प्रयाससमेत गर्नुका साथै उनका समर्थकहरुले कान्तिपुर टेलिभिजनको माइक खोसेर तीनैजना पत्रकारलाई करिब १० मिनेट थुनेर राखिएको थियो ।”
    कुनै पनि सार्वजनिक विषयका समाचार र सूचनालाई नागरिक र सरोकारवाला निकायमा पु¥याउन भूमिका निर्वाह गर्ने पत्रकारलाई सघाउनुको साटो सार्वजनिक पदमा वहाल अध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारमाथि गरिएको यो व्यवहार अत्यन्त निन्दनीय, अशोभनीय र अमर्यादित रहेको महासंघले ठहर गरेको छ ।
    सोही विज्ञप्ति मार्फत अध्यक्ष मण्डलको यस्तो हर्कतले प्रेस स्वतन्त्रतामा आघात पुग्नुका साथै प्रचलित कानुनको समेत उल्लंघन भएको महासंघको ठहर गर्दै महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न