पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 

राजविराज राजविराज
|
आइतबार, चैत्र १२, २०७९
|
|
१७ पटक हेरिएको
Shares
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 

सारांश

  •     सरसफाईको काम बहिष्कार गर्दै नगरपालिका कार्यालय भित्र उनीहरु आइतबार धर्ना बसेका हुन् ।
  • नगरपालिकाका विभिन्न वडाको सरसफाई कार्यमा खट्दै आएका करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुले गत मंसिर १२ गतेपछि तलब पाएका छैनन् ।
  •     तलब बारे नगरपालिकाको सम्बन्धित फाँटमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत चासो नलिएपछि बाध्य भएर काम बहिष्कार गरि धर्नामा बस्नु परेको सरसफाईकर्मी सकुन्तलादेवी मेहतरले बताइन् ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत । 

    पाँच महिनादेखी तलब नखाएको भन्दै राजविराज नगरपालिकामा कार्यरत सरसफाई कर्मचारीहरु आन्दोलित भएका छन् । 
    सरसफाईको काम बहिष्कार गर्दै नगरपालिका कार्यालय भित्र उनीहरु आइतबार धर्ना बसेका हुन् । नगरपालिकाका विभिन्न वडाको सरसफाई कार्यमा खट्दै आएका करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुले गत मंसिर १२ गतेपछि तलब पाएका छैनन् ।
    तलब बारे नगरपालिकाको सम्बन्धित फाँटमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत चासो नलिएपछि बाध्य भएर काम बहिष्कार गरि धर्नामा बस्नु परेको सरसफाईकर्मी सकुन्तलादेवी मेहतरले बताइन् । 
    अखिल नेपाल टे«ड युनियन मजदुर महासंघ मधेश प्रदेशका महासचिव केदार देवले मजदुरहरुको पाकेको तलब पनि समयमा नदिएर उनीहरुमाथी अन्याय भएको भन्दै आन्दोलनमा एक्यबद्धता जनाए । 
    नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनले प्रमुख प्रशासकीय अधिकृत नरहेका कारण सरसफाई मजदुरहरुलाई समयमै तलब खुवाउन नसकेको बताइन् । 
    तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अन्यत्र सरुवा भई गएको र रिक्त स्थानमा अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइएका कारण आर्थिक कारोबार प्रभावित हुन पुगेको नगरपालिकाले जनाएको छ । 
    सरसफाई कर्मचारीहरुको आन्दोलनका कारण आइतबार नगरपालिका अन्तरगतको वडाहरुको फोहर उठ्न सकेन् । नगरपालिकामा ६१ जना सरसफाई मजदुरहरु कार्यरत छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
सबलको १४ औं वार्षिक साधारण सभा,  आ.ब. २०७६÷७७ का लागि १५ करोड  ४६ लाख ४७ हजार अनुमानित बजेट 
सबलको १४ औं वार्षिक साधारण सभा,  आ.ब. २०७६÷७७ का लागि १५ करोड  ४६ लाख ४७ हजार अनुमानित बजेट 
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
स्व. नेता सिंह र रायको शालिक अनावरण
स्व. नेता सिंह र रायको शालिक अनावरण
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
युवकको घाटी रेटेर हत्या
युवकको घाटी रेटेर हत्या
बस र शुमो ठोक्किदा पाँच जना घाइते 
प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन
प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन