युवकको घाटी रेटेर हत्या

राजविराज राजविराज
|
सोमबार, जेठ ८, २०८०
|
|
२५ पटक हेरिएको
Shares
युवकको घाटी रेटेर हत्या

सारांश

  •     सनाखत हुन बाँकि रहेको मृतक युवकको घाटी रेटेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
  •       मृतकको देब्रे खुट्टामा डोरी समेत बाँधिएको देखिएकाले केही टाढा हत्या भएको र घिसार्दै एकान्त स्थानमा ल्याएर राखेर गएको तथा हत्या राती ८ बजे देखि १२ बजे बीचको समयमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
  •       घटनास्थल नजिक वियर, रक्सी र चिसो पेय पर्दाथका गरी तीन वटा खाली बोतल समेत देखिएको तथा अर्धनग्न अवस्थामा रहेको अन्दाजी २४÷२५ वर्षिय ती युवकको शव भन्दा करिब ५० मिटरको दुरीमा सर्ट र पाईन्ट रगतले लतपतिएको अवस्थामा रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित टेलरिङ्ग फ्याक्ट्री नजिकको खेतमा सोमबार बिहान घाटी रेटिएको अवस्थामा एक यूवकको शव फेला परेको छ । 
    सनाखत हुन बाँकि रहेको मृतक युवकको घाटी रेटेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।  
    मृतकको देब्रे खुट्टामा डोरी समेत बाँधिएको देखिएकाले केही टाढा हत्या भएको र घिसार्दै एकान्त स्थानमा ल्याएर राखेर गएको तथा हत्या राती ८ बजे देखि १२ बजे बीचको समयमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 
    घटनास्थल नजिक वियर, रक्सी र चिसो पेय पर्दाथका गरी तीन वटा खाली बोतल समेत देखिएको तथा अर्धनग्न अवस्थामा रहेको अन्दाजी २४÷२५ वर्षिय ती युवकको शव भन्दा करिब ५० मिटरको दुरीमा सर्ट र पाईन्ट रगतले लतपतिएको अवस्थामा रहेको छ । 
    नजिकै रहेको टेलरिङ्ग फ्याक्ट्रीका संचालक, कामदार तथा स्थानीयवासी समेतले ती युवकको पहिचान गर्न नसक्दा आसपासको गाउँ वा बाहिरी जिल्लाका हुन सक्ने र यहाँ ल्याएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । 
    घटनाको प्रकृति हेर्दा सुरुमा मदिरा सेवन गराइएको र त्यसपछी हत्या गरिएको एक प्रहरी अधिकारीले भन्दै पोस्टमार्टम रिपोर्ट पछी मात्र सत्यतथ्य बाहिर आउने बताए । मृतकको शव पोस्टमार्टमका लागी सोमवार नै धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई हत्यामा संलग्नको खोजी कार्य तीब्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए । 
    एक साता अघि जिल्लाको शम्भुनाथ नगरपालिका २ का २१ वर्षिय मो.तफेजुलको रुपनी गाउँपालिका १ रायपुर स्थित एक खेतमा भएको हत्या घट्नामा संलग्न अभियुक्तहरुको पत्ता न लागिरहेको अवस्थामा हत्याको अर्काे घटना भएपछी स्थानीयवासिन्दामा त्रास बढेको छ । 
    यस्तै २०७८ साल पौष ११ गते जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरही विरपुरकी ५० वर्षिया भुटनी देवी यादवको पनि खेतमा गएका वेला टाउकोमा बियरको बोतल प्रहार गरी भएको हत्या घट्नामा संलग्न अपराधीहरु अझै पत्ता लाग्न सकेको छैन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर सल्लाहकार समितिद्वारा अनुगमन
नगर सल्लाहकार समितिद्वारा अनुगमन
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
बाल र बहुविवाहका आरोपीलाई कैद र जरिवाना 
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु 
धान खेतमै गएर मत माग्दै उम्मेदवार 
धान खेतमै गएर मत माग्दै उम्मेदवार 
सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध