दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
सप्तरीमा मंगलबार बिहान मेघ गर्जन र वर्षासँगै खसेको चट्याङ् लागेर एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर सप्तरीको तिलाठी कोईलाडी गाउँपािलका १ बस्ने लक्ष्मण यादवकी १५ वर्षिया छोरी पुनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षा हुँदै गर्दा धान खेतमा काम गरिरहेकी पुनमलाई अचानक चट्याङ् लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै जिल्लाकै हनुमानगर कंकालिनी नगरपालिका ११ बस्ने शुभनारायण पण्डितको ४५ वर्षिया श्रीमती शिवसती देवी पण्डितको खेतमा श्रीमानलाई खाना पु¥याई फर्कने क्रममा चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै जिल्लाको सुरुङ्गा नगरपालिका ३ बस्ने ५५ बर्षीय हरीहर चौधरी खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ् लागेर गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु
सारांश
- चट्याङ लागेर सप्तरीको तिलाठी कोईलाडी गाउँपािलका १ बस्ने लक्ष्मण यादवकी १५ वर्षिया छोरी पुनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- वर्षा हुँदै गर्दा धान खेतमा काम गरिरहेकी पुनमलाई अचानक चट्याङ् लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- त्यस्तै जिल्लाकै हनुमानगर कंकालिनी नगरपालिका ११ बस्ने शुभनारायण पण्डितको ४५ वर्षिया श्रीमती शिवसती देवी पण्डितको खेतमा श्रीमानलाई खाना पु¥याई फर्कने क्रममा चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया