दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटि सप्तरीले आफ्ना पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध लिन र नेपाली जनतामा उनको स्वच्छ छविमा दाग लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अगाडी सारेको आरोप लगाएको छ ।
जिल्ला कमिटि सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरी र केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज गोबिन्द बहादुर न्यौपानेद्वारा सोमबार जारि विज्ञप्ति मार्फत सो आरोप लगाइएको हो ।
विज्ञप्तिमा नेकपा एसका राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपर प्रतिशोध साध्ने किसिमले वर्तमान सरकार र सरकारको नेतृत्व गरी राखेका प्रधानमन्त्री के.पी. शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत शुरु गरेको षडयन्त्रप्रति घोर निन्दा र भत्र्सना समेत गरिएको छ ।
“पछिल्लो काल खण्डमा नेकपा एमालेका नेतृत्वमा पुग्नु भएका पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री के. पी. (खड्ग प्रसाद) शर्मा ओलीको व्यक्तिगत महत्वाकांक्षी योजना र उनको तानाशाही कदमको विरोधका कारणले नेकपा एमालेबाट अलग भई नेकपा एसको जन्म गराई नेपाल निरन्तर पार्टीलाई बलियो बनाउन क्रियाशील रहेकोमा सोही विषयको प्रतिशोध लिन प्रधानमन्त्रीले अख्तियारलाई अगाडी सारिएको घटनाप्रति घोर निन्दा र भत्र्सना गर्दछ ।” विज्ञप्तिमा उल्लेख छ ।
सोही विज्ञप्तिमा सप्तरीवासी र समस्त देशवासीलाई ओली सरकारको कपटपूर्ण र प्रतिशोधी कार्यले भ्रममा नपर्न र अडिग भई वामपंथको अभियानमा अगाडी बढ्न सप्तरी जिल्ला कमिटिद्वारा सबैमा आहृवान गर्ने निर्णय पनि गरिएको छ ।
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
सारांश
- जिल्ला कमिटि सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरी र केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज गोबिन्द बहादुर न्यौपानेद्वारा सोमबार जारि विज्ञप्ति मार्फत सो आरोप लगाइएको हो ।
- विज्ञप्तिमा नेकपा एसका राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपर प्रतिशोध साध्ने किसिमले वर्तमान सरकार र सरकारको नेतृत्व गरी राखेका प्रधानमन्त्री के.
- पी.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया