दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
दश दिनदेखी सम्पर्कविहीन रहेका एक युवकको शव शनिबार कोशी ब्यारेजमा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ घर भएका १९ वर्षिय रुपेश कुमार मुखिया मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । माघ ११ गते पूर्णिमाका दिन सप्तकोशीमा लाग्ने मेला भर्न गएका रुपेश सोही दिनदेखी सम्पर्कविहीन भएका थिए ।
मृतक रुपेशका दुई जना साथीलाई सोधपुछका लागि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
प्रहरी र परिवारजनले उनको खोजि कार्य जारि राखेका बेला उनको मृत शरीर शनिबार हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजको ढोका नं. ४१ मा अडकिएको अवस्था फेला परेको थियो ।
परिवारजनले रुपेशसँग गएका साथीहरुले नै हत्या गरेको दाबी गर्दै घटनाको सुक्ष्मअनुसन्धान गरि दोषिमाथी कडा कारवाहीको माग गरेका छन् ।
डिएसपी नेउपानेले मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ घर भएका १९ वर्षिय रुपेश कुमार मुखिया मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
- माघ ११ गते पूर्णिमाका दिन सप्तकोशीमा लाग्ने मेला भर्न गएका रुपेश सोही दिनदेखी सम्पर्कविहीन भएका थिए ।
- मृतक रुपेशका दुई जना साथीलाई सोधपुछका लागि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया