“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 

राजविराज राजविराज
|
शनिबार, मंसिर २२, २०७५
|
|
१ पटक हेरिएको
Shares
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 

सारांश

  •     विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ, कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा गर्दछ ।
  • दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, ।
  •     अमेरिकाका वैज्ञानिकहरूले चियामा दुध मिसाएर हुने असरको बारेमा अनुसन्धान गरेका थिए ।

    विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ, कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा गर्दछ । दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, ।
    अमेरिकाका वैज्ञानिकहरूले चियामा दुध मिसाएर हुने असरको बारेमा अनुसन्धान गरेका थिए । त्यस अनुसन्धानको क्रममा उनिहरुले १६ जना स्वस्थ स्वयंसेवीकाहरूलाई एक दिन तातो पानी, अर्काे दिन कालो चिया अनि अर्काे दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भैरहेको गतिविधिलाई निरीक्षण गरेका थिए ।
    तातो पानी मात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन । कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो तर दूध चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्तनशामा हुने रगतको सञ्चारमा बाधा पुगेको थियो ।
के गर्ने त ?
    दिनमा २ कप भन्दा बढि दूध चिया पिउने बानी छ भने त्यो राम्रो बानी होईन । त्यसलाई तुरुन्तै हटाउनु उपयुक्त हुन्छ । विहानको खाली पेटमा दूध चिया पिउँदा ग्यास्ट्रिकको समस्या देखा पर्छ । त्यसैले कालो चिया पिउने गर्नुहोस, यसका अनगिन्ती फाईदाहरु छन ।
मिल्क टि होईन ब्ल्याक टि रोजौं !
    विश्व भरी नै चियाका पारखीहरु भेटीन्छन् । यसमा पाईने एन्टिअक्सिडेन्टले शरीरमा स्फूर्ती एबं ईनर्जी भरीदिन्छ ।चिया स्वादको लागी मात्र नभई स्वास्थ्यको हिसावले पनि उचीत मानीन्छ ।मानीसहरु धेरै जसो रोज्दा कालो चिया भन्दा बढी दूध चिया नै रोज्ने गर्दछन् तर सकेसम्म स्वास्थ्यको हिसावले दूधको चिया प्रयोग भने गर्नुहुँदैन । दूधको चियाले खाना अरुची हुने ग्यास्ट्रीक बढेने जस्ता समस्या देखा पर्दछन् ।
    ब्ल्याक वा ग्रिन टी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । ग्रिन टीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यस्तो चिया भने दिनको ४–५ पटक प्रयोग गर्दा रोगप्रतिरोधी क्षमता पनि बढ्छ ।
    कालो चियामा भएको एन्टिअक्सिडेन्टले शरीरमा भएको बोसो कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । चियामा राखेको दूधले भने एन्टिअक्सिडेन्टको मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्याबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ ।
    कालो चियाले पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ । नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ ।
    अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्छ । कोलेस्ट्रोल हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ । यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ । कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ ।
    यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ । कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोषिकालाई हटाउने काम गर्छ । यस्ता कोषिका निर्मूल हुँदा विशेषगरी मानिसलाई ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने
बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने