“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 

राजविराज राजविराज
|
शनिबार, मंसिर २२, २०७५
|
|
१५१ पटक हेरिएको
Shares
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 

सारांश

  • के गर्ने त ?
  •     दिनमा २ कप भन्दा बढि दूध चिया पिउने बानी छ भने त्यो राम्रो बानी होईन ।
  • त्यसलाई तुरुन्तै हटाउनु उपयुक्त हुन्छ ।

    विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ, कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा गर्दछ । दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, ।
    अमेरिकाका वैज्ञानिकहरूले चियामा दुध मिसाएर हुने असरको बारेमा अनुसन्धान गरेका थिए । त्यस अनुसन्धानको क्रममा उनिहरुले १६ जना स्वस्थ स्वयंसेवीकाहरूलाई एक दिन तातो पानी, अर्काे दिन कालो चिया अनि अर्काे दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भैरहेको गतिविधिलाई निरीक्षण गरेका थिए ।
    तातो पानी मात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन । कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो तर दूध चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्तनशामा हुने रगतको सञ्चारमा बाधा पुगेको थियो ।
के गर्ने त ?
    दिनमा २ कप भन्दा बढि दूध चिया पिउने बानी छ भने त्यो राम्रो बानी होईन । त्यसलाई तुरुन्तै हटाउनु उपयुक्त हुन्छ । विहानको खाली पेटमा दूध चिया पिउँदा ग्यास्ट्रिकको समस्या देखा पर्छ । त्यसैले कालो चिया पिउने गर्नुहोस, यसका अनगिन्ती फाईदाहरु छन ।
मिल्क टि होईन ब्ल्याक टि रोजौं !
    विश्व भरी नै चियाका पारखीहरु भेटीन्छन् । यसमा पाईने एन्टिअक्सिडेन्टले शरीरमा स्फूर्ती एबं ईनर्जी भरीदिन्छ ।चिया स्वादको लागी मात्र नभई स्वास्थ्यको हिसावले पनि उचीत मानीन्छ ।मानीसहरु धेरै जसो रोज्दा कालो चिया भन्दा बढी दूध चिया नै रोज्ने गर्दछन् तर सकेसम्म स्वास्थ्यको हिसावले दूधको चिया प्रयोग भने गर्नुहुँदैन । दूधको चियाले खाना अरुची हुने ग्यास्ट्रीक बढेने जस्ता समस्या देखा पर्दछन् ।
    ब्ल्याक वा ग्रिन टी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । ग्रिन टीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यस्तो चिया भने दिनको ४–५ पटक प्रयोग गर्दा रोगप्रतिरोधी क्षमता पनि बढ्छ ।
    कालो चियामा भएको एन्टिअक्सिडेन्टले शरीरमा भएको बोसो कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । चियामा राखेको दूधले भने एन्टिअक्सिडेन्टको मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्याबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ ।
    कालो चियाले पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ । नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ ।
    अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्छ । कोलेस्ट्रोल हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ । यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ । कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ ।
    यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ । कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोषिकालाई हटाउने काम गर्छ । यस्ता कोषिका निर्मूल हुँदा विशेषगरी मानिसलाई ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्तीपुत्र रोईरहेको छ,  उत्पादित धनको मुल्य निर्धारण भएन
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
एनसेलमार्फत माइक्रोसफ्टले क्लाउड तथा अन्य सेवा दिने
कोभिड १९ को रोकथाम तथा  उपचारका लागि स्वास्थ्य सामाग्रि
कोभिड १९ को रोकथाम तथा  उपचारका लागि स्वास्थ्य सामाग्रि
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार
शुद्धिकरणमा परेकाहरुद्वारा  पत्रकार महासंघमा तालाबन्दी
शुद्धिकरणमा परेकाहरुद्वारा  पत्रकार महासंघमा तालाबन्दी
उम्मेदवारद्वारा धमाधम घोषणा पत्र सार्वजनिक गर्दै
उम्मेदवारद्वारा धमाधम घोषणा पत्र सार्वजनिक गर्दै
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
उद्योग दिवसमा पाँच महिलासहित १६ उद्यमी सम्मानित
उद्योग दिवसमा पाँच महिलासहित १६ उद्यमी सम्मानित

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी