शुद्धिकरणमा परेकाहरुद्वारा  पत्रकार महासंघमा तालाबन्दी

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २४, २०८०
|
|
६२ पटक हेरिएको
Shares
शुद्धिकरणमा परेकाहरुद्वारा  पत्रकार महासंघमा तालाबन्दी

सारांश

  •     पीडित पत्रकारहरुको समूह सप्तरी लेखिएको व्यानरमा तीन बुँदे माग राख्दै उनीहरुले बिहीबार महासंघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
  •       नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तीन बर्ष बितिसक्दा पनि एक पटक साधारण सभा नगरेको, सदस्यता शुद्धिकरणको नाममा पक्षपात गरी सदस्यता नविकरण नगरेको र योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको सहितका माग पुरा नभए सम्मका लागि तालाबन्दी गरिएको समूहका अगुवा जितेन्द्र खड्काले जानकारी दिए ।
  •       शुद्धिकरण सम्बन्धमा केन्द्रबाट आएको सर्कुलरको सम्मान गर्दै स्थानिय स्तरमा मापदण्ड निर्धारण गरेर शुद्धिकरण गर्न आफूले सुझाव समेत दिएको खडकाले बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 

    नेपाल पत्रकार महासंघ सप्तरीमा सदस्यता शुद्धिकरणमा परेकाहरुले तालाबन्दी गरेका छन् ।
    पीडित पत्रकारहरुको समूह सप्तरी लेखिएको व्यानरमा तीन बुँदे माग राख्दै उनीहरुले बिहीबार महासंघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तीन बर्ष बितिसक्दा पनि एक पटक साधारण सभा नगरेको, सदस्यता शुद्धिकरणको नाममा पक्षपात गरी सदस्यता नविकरण नगरेको र योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको सहितका माग पुरा नभए सम्मका लागि तालाबन्दी गरिएको समूहका अगुवा जितेन्द्र खड्काले जानकारी दिए । 
    शुद्धिकरण सम्बन्धमा केन्द्रबाट आएको सर्कुलरको सम्मान गर्दै स्थानिय स्तरमा मापदण्ड निर्धारण गरेर शुद्धिकरण गर्न आफूले सुझाव समेत दिएको खडकाले बताए । ‘सप्तरीको साथीहरुले शुद्धिकरण गर्दा शाखाप्रतिको योगदानलाई कदर गर्न सुझाव दिएको थिए’ उनले भने ।
    यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवले महासंघको कार्यालयमा तालाबन्दी गर्नु न्यायोचित काम नभएको बताएका छन् । उनले महासंघ विधि र प्रक्रियाबाट चल्ने नागरिकहरुको अगुवा संस्था भएकोले कार्यालयमा तालाबन्दी गर्नु निन्दनीय काम भएको बताए ।
    असंतुष्ट पक्षले ज्ञापनपत्र बुझाए लगतै महासंघको कार्यसमितिले पत्रकार सम्बद्ध संगठन समेतको सहभागितामा वार्ताबाट समस्याको समाधान गर्ने निर्णय गरे अनुसार उहाँहरुलाई वार्तामा बोलाईएको भएपनि वार्ता प्रक्रियाबाट पछि हटेर गलत मानसिकताबाट प्रेरित भई महासंघमा तालाबन्दी गरेको अध्यक्ष देवले प्रतिक्रिया जनाएका छन् ।
    ‘पटक–पटक साधारण सभा गर्ने प्रयास भएकै हो, गत बैशाख २५मा साधारण सभा गर्न लाग्दा सो हुन नदिन सल्लाहकार खडका पनि कसेरै लागे । शुद्धिकरणमा पनि वहाँको अग्रणी भूमिका छ, अनि अहिले आएर दोहरो भूमिका गर्नु भएन’ अध्यक्ष देवले भने,‘पछिल्लो पुस २० गते साधारणसभा गर्न लाग्दा केन्द्रले रोकेको छ, त्यहाँबाट निर्देशन भएपछि हामी गर्ने नै छौं ।’
    लामो समय देखि पत्रकारीता पेशा छोडेर अन्य पेशा व्यवसायमा गएकाहरुलाई केन्द्रले तोकेको १५ बुँदे शुद्धिकरण मापदण्ड अनुसार सदस्यताबाट हटाईएको र पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउने प्रयास गरिएको अध्यक्ष देवले बताए ।
    नेपाल पत्रकार महासंघ नागरिकहरुको अगुवा संस्था, प्रेस अभिवक्ति स्वतन्त्रताको रक्षार्थ लडदै आएका संस्थामा तालाबन्दी गर्नु प्रेस स्वतन्त्रतालाई कुठित पार्ने काम भएको अध्यक्ष देवको भनाई छ ।
    वार्ता र सम्वादको ढोका अहिले पनि खुल्ला नै रहेकोले उनीहरुलाई वार्तामा बसेर समस्याको निकास निकाल्न देवले आग्रह गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित,  ८ सय घर डुवानमा
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित,  ८ सय घर डुवानमा
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप