खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा

राजविराज राजविराज
|
बुधबार, आषाढ १२, २०८१
|
|
५३ पटक हेरिएको
Shares
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा

सारांश

  •     खाँडो नदीको बाढी पस्दा सप्तरीको रुपनी गाउँपालिका वडा १ मा ५० भन्दा बढी घर डुवानमा परेको छ ।
  • रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवलका अनुसार बाढीले शम्भुनाथ नगरपालिकाको सीमामा रहेको तटबन्ध भत्काएर बस्तीमा प्रवेश गरेपछि सो वडाका ५० भन्दा बढी घर डुवानामा परेकोछ ।
  •       उनले चुरेको संरक्षण नभएको भन्दै यस अघि पनि पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि ध्यान नदिएको गुनासो समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, १२ असार । 

    बुधबार बिहान ४ बजेदेखी भएको भारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी घर डुवानमा परेका छन् । 
    खाँडो नदीको बाढी पस्दा सप्तरीको रुपनी गाउँपालिका वडा १ मा ५० भन्दा बढी घर डुवानमा परेको छ । रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवलका अनुसार बाढीले शम्भुनाथ नगरपालिकाको सीमामा रहेको तटबन्ध भत्काएर बस्तीमा प्रवेश गरेपछि सो वडाका ५० भन्दा बढी घर डुवानामा परेकोछ । 
    उनले चुरेको संरक्षण नभएको भन्दै यस अघि पनि पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि ध्यान नदिएको गुनासो समेत गरे । रुपनी गाउँपालिकामा रहेको जलमापन केन्द्रले बुधबार बिहान ५ बजेको समयमा खाँडो नदीले खतराको संकेत पार गरिसकेको जनाएपछि सो वडाका वासीन्दा सचेत भएकोले मानविय क्षति भने हुन नपाएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
    यसैबीच गाउँपालिका अध्यक्ष यादवले बाढी पीडितहरुलाई बुधबारै राहत सामाग्रि समेत बितरण गरेको विपद् व्यवस्थापन शाखाका सम्पर्क व्यक्ति मिथिलेश कुमार यादवले जानकारी दिएका छन् ।  
    यस्तै भारी वर्षाले शम्भुनाथ नगरपालिकाको वडा नं. २, कंचनरुप नगरपालिकाको वडा नं. ३ र ११, तिरहुत गाउँपालिकाको वडा नं. १ र २, तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४ र राजविराज नगरपालिकाको विभिन्न वडाका गरि ५० भन्दा बढी घर डुवानमा परेको छ । 
    राजविराज नगरपालिकाका विभिन्न वडाका गरि ५० भन्दा बढी घरमा ३ फिट सम्म पानी जमेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको साप्ताहिक हटिया लाग्ने स्थानसँगै आफूहरुको घरआंगनबाट समेत कोशी बगिरहेको स्थानीयवासी कुशेश्वर यादवले बताए । घरमा पानी छिरेपछि केही सामान लिएर आफन्तकहाँ आश्रय लिन बाध्य भएको उनले सुनाए । 
    खाँडो नदीको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको बेल्ही, सकरपुरा र सरदार टोलका दुई दर्जन घर डुबेका छन् । बस्तीमा दुई फिटसम्म पानी जमेको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । 
    उनले बुधबारको अबिरल बर्षाको कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जितानदीको बाढीले वडा नं. ७ नवटोलियाको सरदार बस्ती डुबानमा परेको छ । बाढीको कारण सरदार बस्तीको २५ घरमा बाढी पस्दा जनजीवन कष्टकर भएको छ । पानीले जिता नदीमा बाढी आउँदा सरदार टोलको जनजीवन अस्तब्यस्त भएको हो । जिता नदीमा आवतजावतको लागि गाउँपालिकाले निर्माण गरेको बाँसको पुल (चचरी) बगाएको छ । चचरी बगाउँदा सरदार बस्तीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
    यसैगरी जितानदीले वडा नं. ७ मै बाँध भत्काउँदा वडा नं. ५ को. बर्साइनको करिब दुई सय विघा जग्गा डुबानमा परेको छ । बाँध भत्काएर बाढी पस्दा रोपाई गरिएको खेत डुबानमा परेको छ । जिता नदीले तीन ठाउँमा बाँध भत्काएको छ ।
    खाँडो नदीकै बाढीले कंचनरुप नगरपालिका १ मा पर्ने वैरवा–पोर्ताहा सडक खण्डमा ठाउँ ठाउँमा सडक क्षतिग्रस्त बनाएको स्थानीयवासी उपेन्द्र महतोले जानकारी दिए । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बाढीको जोखिममा रहेका सबै स्थानमा सम्बन्धीत पालिका प्रमुखसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भइ आवश्यक काम गरिरहेको बताएका छन् । उनले वर्षाले विभिन्न पालिकाका घरहरु डुवानमा परे पनि मानविय क्षति भने नभएको जनाएका छन् । उनले महुली खोलाको बाढीले कंचनरुप नगरपालिकामा २ सयमिटर तथा तिरहुत गाउँपालिकामा १ सय मिटर बाँध भत्काएको जानकारी समेत दिएका छन् । 
    यता लगातारको वर्षाले खाँडो, सप्तकोशी, त्रियुगा, खडक, जिता लगायतका नदी खोलामा जलसतह बढ्दै गएकोले आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ
जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
नेपाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, सात सदस्यी संचालक समिति गठन
किर्ते उपभोक्ता समिति गठन प्रकरणमा राजपा दुई नेता करागार चलान
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
राजपाद्वारा घटना बारे पत्ता लगाउन सप्तरी संयोजकलाई निर्देशन, नक्कली उपभोक्ता समिति बनाएर २५ लाख कुम्ल्याउन खोजेको  आरोपमा राजपा केन्द्रिय सदस्यद्वय यादव र मण्डल पक्राउ
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय