राजविराज÷नेपाल सहकारी संस्था लिमिटेडको शनिबार १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आयोजित सभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष शत्रुधन प्रसाद गुप्ताले गत आ.ब. २०७५÷७६ मा संस्थाले ४० लाख ११ हजार १ सय ४७ रुँपैया संचित गरेको जानकारी दिएका छन् ।
प्रस्तुत प्रतिवेदनमा १ हजार ३ सय ५९ पुरुष र ८ सय ५३ जना महिला शेयर सदस्य आवद्ध रहेर २ करोड ४९ लाख ८ हजार १ सय शेयर पुँजी रहेको उल्लेख छ । त्यस्तै निक्षेपतर्फ ३७ करोड ९३ लाख १८ हजार ३ सय ९९ मध्ये ३५ करोड ११ लाख ५६ हजार ६ सय २ रुँपैया फिर्ता गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्षद्वारा प्रेसित प्रतिवेदनमा संस्थाको आफ्नो जग्गामा २०७५÷७६ मा नयाँ भवन निर्माण कार्य सुरु भएको र सो कार्य फाउण्डेशन लेभलसम्म सम्पन्न भएको उल्लेख छ । निर्माणाधीन भवन कार्य केही प्राविधीक कारणले रोकिएकोले पुनः कार्य सूचारु हुने जनाइएको छ ।
त्यस्तै संस्थाले विगतका वर्ष जस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिने र सहभागिता जनाउने उल्लेख छ । राज्यले संविधान मार्फत नै सार्वजनिक, निजि एवं सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र श्रोतको अधिक्तम परिचालन तिब्र आर्थिक बृद्धि हासिल गर्दै दिगो विकास गर्ने लक्ष्य लिएको उल्लेख छ ।
आयोजित सभामा शेयर सदस्य सुरेन्द्र प्रसाद गुप्ता, रन्धिर कर्ण, राजकुमार यादव, सुनिल सिन्धी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै सोही साधारण सभाको बन्द सत्रबाट शनिबारै ७ सदस्यीय संचालन समिति समेत गठन गरेको छ । गठित संचालक समितिको सदस्यहरुमा शत्रुधन प्रसाद गुप्ता, सुनिल कुमार सिन्धी, दिपककुमार साह, भोलानाथ साह, उमेश प्रसाद यादव, रन्धिर कर्ण र मनिष दुगडलाई चयन गरिएको छ ।
त्यस्तै मो. हेदर अलिको संयोजकत्वमा समिम अंसारी र कमली खवास रहने गरि तीन सदस्यीय लेखा समिति समेत गठन गरिएको छ ।
नेपाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, सात सदस्यी संचालक समिति गठन
सारांश
- अध्यक्षद्वारा प्रेसित प्रतिवेदनमा संस्थाको आफ्नो जग्गामा २०७५÷७६ मा नयाँ भवन निर्माण कार्य सुरु भएको र सो कार्य फाउण्डेशन लेभलसम्म सम्पन्न भएको उल्लेख छ ।
- निर्माणाधीन भवन कार्य केही प्राविधीक कारणले रोकिएकोले पुनः कार्य सूचारु हुने जनाइएको छ ।
- त्यस्तै संस्थाले विगतका वर्ष जस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिने र सहभागिता जनाउने उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया