मलको कालोबजारी गर्ने  दुई व्यवसायी पक्राउ

राजविराज राजविराज
|
बुधबार, भाद्र १७, २०७७
|
|
६७ पटक हेरिएको
Shares
मलको कालोबजारी गर्ने  दुई व्यवसायी पक्राउ

सारांश

  •     पक्राउ पर्नेहरुमा सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित राधेकृष्ण खाद्यान्न पसलका संचालक राधेकृष्ण गुप्ता तथा आरती कृषि सहकारी संस्था लि.
  • मलखाद विक्रि डिपोका संचालक फुजुङ्ग साह छन् ।
  •     मलको कालोबजारी र दोब्बर मुल्य लिएको किसानको गुनासो आएपछि प्रहरी चौकी फत्तेपुरका असई गंगाराम चौधरीको नेतृत्वमा मंगलबार दिउँसो पुगेको प्रहरी टोलीले उक्त दुबैको पसल र गोदाममा छापा मारि संचालक गुप्ता र साहलाई नियन्त्रणमा लिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १६ भदौं । 
    कृषि मलको कालोबजारी गर्ने दुई व्यवसायी पक्राउ परेका छन् । अहिले किसानहरुले खेतमा हाल्न मल पाउन नसकेको अवस्थामा कृतिम अभाव सृजना गरि कालोबजारी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 
    पक्राउ पर्नेहरुमा सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित राधेकृष्ण खाद्यान्न पसलका संचालक राधेकृष्ण गुप्ता तथा आरती कृषि सहकारी संस्था लि. मलखाद विक्रि डिपोका संचालक फुजुङ्ग साह छन् ।
    मलको कालोबजारी र दोब्बर मुल्य लिएको किसानको गुनासो आएपछि प्रहरी चौकी फत्तेपुरका असई गंगाराम चौधरीको नेतृत्वमा मंगलबार दिउँसो पुगेको प्रहरी टोलीले उक्त दुबैको पसल र गोदाममा छापा मारि संचालक गुप्ता र साहलाई नियन्त्रणमा लिएको हो । 
    उनीहरुको पसल र गोदामबाट २८ बोरा युरिया र ६ बोरा डिपिए मल समेत प्रहरीले बरामद गरि नियन्त्रणमा लिएको छ । १७ रुँपैया प्रति केजी पर्ने मल ४० रुँपैयामा बिक्रि गरेको प्रमाण भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिनुका साथै गोदाम सील गरि थप अनुसन्धान भइरहेको असई चौधरीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम  आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम  आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
राजविराज नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह
राजविराज नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह
अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार
अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार
संसद विघटन बिरुद्ध काँग्रेसको  सबै क्षेत्रमा प्रदर्शन
संसद विघटन बिरुद्ध काँग्रेसको  सबै क्षेत्रमा प्रदर्शन
कुकुरलाई बचाउने क्रममा  महिलाको ज्यान गयो 
कुकुरलाई बचाउने क्रममा  महिलाको ज्यान गयो 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन