कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग

राजविराज राजविराज
|
सोमबार, चैत्र ३०, २०७७
|
|
२२ पटक हेरिएको
Shares
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग

सारांश

  •     स्थानिय शिव मन्दिरको प्राङ्गणबाट माओवादी केन्द्र सप्तरीका अध्यक्ष अशोक कुमार मण्डल नेतृत्वको जुलुसले मागसहितको सो ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो ।
  •       बुझाइएको ज्ञापनमा कोशी ब्यारेज निर्माणको समयमा भारत सरकारसँग भएको पीडित किसानलाई मुआब्जा दिने सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ ।
  • जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार, नापी शाखा, आन्तरिक राजश्व कार्यालय लगायतका सरकारी अडहरुमा भिडभाड नियन्त्रण गरी छिटो छरितो सेवा लागु गर्न माग समेत गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० चैत । 
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीले जिल्लामा देखिएका विभिन्न बिृकती, बिसंगतिलाई समेटेर विभिन्न ९ बुँदे माग अघि सार्दै सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएको छ । 
    स्थानिय शिव मन्दिरको प्राङ्गणबाट माओवादी केन्द्र सप्तरीका अध्यक्ष अशोक कुमार मण्डल नेतृत्वको जुलुसले मागसहितको सो ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो । 
    बुझाइएको ज्ञापनमा कोशी ब्यारेज निर्माणको समयमा भारत सरकारसँग भएको पीडित किसानलाई मुआब्जा दिने सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार, नापी शाखा, आन्तरिक राजश्व कार्यालय लगायतका सरकारी अडहरुमा भिडभाड नियन्त्रण गरी छिटो छरितो सेवा लागु गर्न माग समेत गरिएको छ । 
    अडहरुमा बिचौलिया र दलालहरुको प्रभावलाई नियन्त्रण गरि भ्रष्टाचार उन्मुलन गराउन तथा सेवाग्राहीसँग सम्बन्धीत निकायले सूचना प्रवाह गर्दा निकायका बेनती व्यक्तित्वबाट सभ्य भाषा प्रयोग गर्न लगाउन माग पनि गरिएको छ । 
    यस्तै स्थानिय पालिकाहरुले गरेको बजेट बिनियोजन, खर्च गर्ने बिधी, खरीद बिक्रि लगायतका सम्पूर्ण कामकाजलाई कडाईका साथ सूचना प्रवाह, स्थानिय पालिका लगायतका सेवा प्रवाह गर्ने निकायले आफ्नो वेवसाइट अपडेट राख्न लगाउने तथा सिचाईसँग आवद्ध कोशी पम्प नहर लगायतका निकायले किसानको माग अनुसार पानी बितरण गर्न लगाउन माग गरिएको छ । 
    कोभिड १९ को बेला भएको खर्चको आय ब्यय प्रस्तुत गर्न तथा प्रमुख जिल्ला अधिकारीको मातहतमा सर्वपक्षीय, सर्वदलिय अनुगमन समिति गठन गरी मासिक रुपमा छड्के प्रणाली अवलम्बन गरी निगरानी गर्न माँग गरिएको छ । 
    सो ज्ञापनपत्र बुझ्दै प्रशासीकय अधिकृत किशोर रामले प्रमुख जिल्ला अधिकारीलाई माग बारे जानकारी गराउने र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा माओवादी केन्द्रका प्रदेश सदस्य महेश प्रसाद यादव, छेदी रजक, जयप्रकाश यादव लगायतका नेता कार्यकर्ताहरुहको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
दुई बयोबृद्ध नेताद्वारा जसपा परित्याग
दुई बयोबृद्ध नेताद्वारा जसपा परित्याग
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह