दैनिक समाचारदाता
राजविराज, १० पुस ।
राजविराजस्थित सडकमा देखिने छाडा सँुगरलाई मार्ने व्यक्तिलाई राजविराज नगरपालिकाले पाँच सय पुरस्कार घोषणा गरेको छ ।
छाडा पशु चौपाया नियन्त्रण अभियान अन्तर्गत छाडा सुँगुर मारेर बुझाउने व्यक्तिलाई प्रति सुँगुरको ५ सय रुपैयाका दरले पुरस्कार दिने नगरपालिकाले घोषणा गरेको छ ।
छाडिएका पशु चौपायाले दुःख दिन थालेपछि राजविराज नगरपालिकाले त्यसलाई नियन्त्रण गर्न र प्रभावकारी बनाउन अभियान सुरु गरेको हो ।
पुरस्कार रकम घोषणा गरिएपछि उत्साहित केही बेरोजगार युवाले कार्यक्रम सुरु भएको तीन दिन नबित्दै आधा दर्जन बढी छाडा सुँगुर मारेर पुरस्कार रकम हात पारेका छन् ।
विहिबार सम्ममा ८ वटा छाडा सुँगुर मारेर स्थानिय केही युवाले बुझाई सकेको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन अभियानका ईन्चार्ज उमेश प्रसाद यादवले जानकारी दिएका छन् ।
अभियानकै क्रममा नगरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण कार्य पनि प्रभावकारी र कडाई बनाईएको छ । सडकबाट नियन्त्रणमा लिईएको गाई, साढे आदि चौपायालाई अब कसैको पनि सिफारिसमा नछोडिने नगरप्रमुख शम्भु प्रसाद यादवले बताए ।
यसरी नियन्त्रणमा लिईएका चौपाया सिफारिसमा छोड्दा चौपाया धनीले चौपाया पुनः सडकमा छाडने प्रवृति दोहोरिने गरेकाले अब नियन्त्रणमा लिइ सकेपछि लिलामी सम्मको प्रकृया अघि बढाउने निर्णय गरी सकेको उनको भनाई छ ।
सडकबाट नियन्त्रणमा लिई नगरपालिकाको कान्जि हाउसमा त्यस्ता छाडा पशु चौपाया राखिने गरिएको छ । ८ दिन सम्म १ हजारमा पुग्ने तथा सो अवधिमा पनि लिन नआए लिलामी प्रकृयामा लैजाने नियम बनाईएको नगरप्रमुख यादवले बताए ।
सुँगुर मार्नेलाई पाँच सय पुरस्कार
सारांश
- छाडा पशु चौपाया नियन्त्रण अभियान अन्तर्गत छाडा सुँगुर मारेर बुझाउने व्यक्तिलाई प्रति सुँगुरको ५ सय रुपैयाका दरले पुरस्कार दिने नगरपालिकाले घोषणा गरेको छ ।
- छाडिएका पशु चौपायाले दुःख दिन थालेपछि राजविराज नगरपालिकाले त्यसलाई नियन्त्रण गर्न र प्रभावकारी बनाउन अभियान सुरु गरेको हो ।
- पुरस्कार रकम घोषणा गरिएपछि उत्साहित केही बेरोजगार युवाले कार्यक्रम सुरु भएको तीन दिन नबित्दै आधा दर्जन बढी छाडा सुँगुर मारेर पुरस्कार रकम हात पारेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया