रगतको अभाव हुन नदिन प्रहरीद्वारा रक्तदान

राजविराज राजविराज
|
आइतबार, पौष १५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
रगतको अभाव हुन नदिन प्रहरीद्वारा रक्तदान

सारांश

  •     कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपाने, सुरक्षाकर्मी, सप्तरी युथ नेपाल, सिद्धार्थ गोतमबुद्ध यातायात सेवा केन्द्र, सामुदायिक सेवा केन्द्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतका समेत गरि ४५ जनाले रक्तदान गरेका छन् ।
  •       नेपाल प्रहरीका सर्वाधिक २९ जना छन् ।
  • यस्तै रक्तदान गर्नेमा सशस्त्र प्रहरीका ४ र विभिन्न संघसंस्थाबाट दुई महिलासहित १२ जना रहेका छन् ।

    राजविराज÷राजविराजमा शनिबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जिल्लास्थित अस्पतालहरुमा उपचारका लागि आउने बिरामीहरुलाई रगतको अभाव हुने भएकोले प्रहरीको अगुवाईमा रक्तादन गरिएको हो । 
    स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र नेपाल रेडक्रस सोसायटी शाखाद्वारा संचालित जिल्लाको एक मात्र रक्त संचार सेवा केन्द्रमा रगतको अभाव भएपछि प्रहरीले बृहत रक्तदान कार्यक्रम संचालन गरेको छ । 
    राजविराजस्थित गजेन्द्र चौकमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा आयोजित रक्तदान कार्यक्रमको प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गरे । 
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपाने, सुरक्षाकर्मी, सप्तरी युथ नेपाल, सिद्धार्थ गोतमबुद्ध यातायात सेवा केन्द्र, सामुदायिक सेवा केन्द्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतका समेत गरि ४५ जनाले रक्तदान गरेका छन् । 
    नेपाल प्रहरीका सर्वाधिक २९ जना छन् । यस्तै रक्तदान गर्नेमा सशस्त्र प्रहरीका ४ र विभिन्न संघसंस्थाबाट दुई महिलासहित १२ जना रहेका छन् । 
    रेडक्रस र रक्तसंचार सेवा केन्द्रले सो बारे जानकारी गराएपछि रगतको अभावमा कुनै पनि व्यक्तको ज्यान नजाओस् भन्ने उद्देश्यले बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नेउपानेले बताए । 
    रक्तदानको महत्व बारे सर्वसाधारणमा सचेतना फैलाउने उद्देश्यले पनि चिसो मौसमका बाबजुद हलभि नगरि कार्यक्रम सार्वजनिक र खुल्ला स्थानमा गरिएको प्रहरी उपरिक्षक बज्राचार्यको भनाई छ । 
    चिसो बढेसँगै बढीरहेको रोग तथा जटिल प्रकृतीका बिरामीलाई आवश्यक पर्ने रगतको रक्तसंचार सेवा केन्द्रमा अभाव रहेको इन्चार्ज नविन झाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
दहको पानी नहाले खाना पाक्दैन
दहको पानी नहाले खाना पाक्दैन
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
सप्तरीका क्रिकेटरहरु सम्मानित
सप्तरीका क्रिकेटरहरु सम्मानित
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी  पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी  पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन