राजविराज÷नेपाल पत्रकार महासंघका पूर्व सभापत्रि एवं वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली काँग्रेसका स्व. नेता महेन्द्र नारायण निधि राणा शासनको अन्त्यका लागि मात्र नभई राजाको तानाशाही शासन समाप्तिका लागि पनि उत्तिकै भूमिका निर्वाह गर्नु भएको बताएका छन् ।
शनिबार स्व. निधिको जीवन र विभिन्न कालखण्डमा उनले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको विषय समेटिएर उनकैद्वारा लिखित “नेपालका निधि” नामक पुस्तक सप्तरी सदरमुकाम राजविराजमा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
“२००७ सालको ऐतिहासिक जनक्रान्तिका कमाण्डरका रुपमा नेता निधिले राणाशासन अन्त्यका लागि ठूलो योगदान दिनु भएको थियो, उनले भने, “यतिमात्र होइन, राजाको तानाशाही शासन समाप्त गर्ने माहौल बनाउन पनि उनको ठूलो योगदान थियो ।”
यूवा अवस्थामा प्रवेश गरेदेखी नै आफू नेता निधिसँग निकट रहने अवसर पाएको भन्दै उनले उनको बारेमा पुस्तक लेख्ने हुटहुटी जागेको सुनाए । मधेशका मुर्धन्य व्यक्तिहरुका बारेमा धेरै कम पुस्तक प्रकाशित भएको भन्दै उनले राष्ट्रिय नेताका रुपमा स्थापित हुनु भएका निधि जस्ता व्यक्तित्वको मधेशमा मात्र नभई देशै भर चर्चा र आमनागरिकलाई जानकारी हुनुपर्ने उद्देश्यका साथ उक्त पुस्तक लेख्ने जमर्को गरेको सुनाए ।
उक्त पुस्तकले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निधिको योगदान बारे जानकारी गराउनुका साथै आमनागरिकमा लोकतन्त्रको पक्षमा चेतना फैलाउन समेत मद्दत पु¥याउने विश्वास उनले व्यक्त गरे ।
राज्य रुपान्तरण प्रालीका लागि रुची श्रेष्ठद्वारा प्रकाशित १ सय ८१ पृष्ठको उक्त पुस्तक लेखक नेपालका साथै पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, पूर्वसभापति विष्णु मण्डल, मुरलीप्रसाद यादव, प्रदेश सांसद मनिष सुमन, समाजसेवी बैजनाथ मुन्धडा लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
सारांश
- यूवा अवस्थामा प्रवेश गरेदेखी नै आफू नेता निधिसँग निकट रहने अवसर पाएको भन्दै उनले उनको बारेमा पुस्तक लेख्ने हुटहुटी जागेको सुनाए ।
- मधेशका मुर्धन्य व्यक्तिहरुका बारेमा धेरै कम पुस्तक प्रकाशित भएको भन्दै उनले राष्ट्रिय नेताका रुपमा स्थापित हुनु भएका निधि जस्ता व्यक्तित्वको मधेशमा मात्र नभई देशै भर चर्चा र आमनागरिकलाई जानकारी हुनुपर्ने उद्देश्यका साथ उक्त पुस्तक लेख्ने जमर्को गरेको सुनाए ।
- उक्त पुस्तकले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निधिको योगदान बारे जानकारी गराउनुका साथै आमनागरिकमा लोकतन्त्रको पक्षमा चेतना फैलाउन समेत मद्दत पु¥याउने विश्वास उनले व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया